खाद्यवस्तुको मूल्यवृद्धि

काठमाडौं, माघ १, काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण प्रभावित अर्थतन्त्रमा बिस्तारै सुधारको सङ्केत देखिन थालेको छ । अर्थतन्त्र चलायमान बनाउने औद्योगिक कच्चा पदार्थ, इन्धन, पुँजीगत वस्तुलगायतको आयात बढ्दै जाँदा सुधारोन्मुख अवस्था बन्दै गएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

केन्द्रीय बैङ्कले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७६/७७ को पाँच महिनासम्मको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार औद्योगिक उत्पादनमा पछिल्लो समय भएको वृद्धि र उद्योग सञ्चालनमा आएको सुधारले आर्थिक क्रियाकलापले गति लिन थालेको देखिएको उल्लेख छ । बैङ्कले नै अर्थतन्त्रमा परेको प्रभाव सम्बन्धमा गरेको सर्वेक्षणले गत जेठ/असारमा चार दशमलव एक मात्र उद्योग व्यवसाय पूर्ण सञ्चालनमा रहेकोमा कात्तिक/मङ्सिरमा ५४ प्रतिशत पुगेको देखाएको थियो । त्यस्तै जेठ/असारमा २९ प्रतिशत मात्र उत्पादन तथा कारोबार भएकोमा कात्तिक/मङ्सिरमा ५० प्रतिशत पुगेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैङ्कका अनुसार समीक्षा अवधिमा मूल्यवृद्धि नियन्त्रणमै छ । मङ्सिरमा उपभोक्ता मूल्यवृद्धि २.९३ प्रतिशत मात्र पुगेको छ । अघिल्लो मङ्सिरमा यस्तो वृद्धिदर ६.५५ प्रतिशत थियो । यद्यपि खाद्यवस्तुको मूल्यवृद्धि भने बढेकै देखिन्छ । प्रतिवेदनअनुसार फलफूल १४.७५, घिउ तथा तेल १३.०१, तरकारीको ११.४४ र दाल तथा गेडागुडी १०.७४ प्रतिशतले मूल्यवृद्धि भएको छ ।

गैरखाद्य तथा सेवा क्षेत्रको मूल्यवृद्धि कम हुँदा समग्र मूल्यवृद्धि दर कम देखिएको छ । समीक्षा महिनामा काठमाडौंँ उपत्यकामा ३.७१ प्रतिशत, तराईमा २.३५ प्रतिशत, पहाडमा ३.९५ प्रतिशत र हिमालमा ४.२२ प्रतिशत मूल्यवृद्धि रहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।