‘लोडसेडिङ हुने अवस्था छैन’

काठमाडौं ,पुस १८, नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले गत सोमबार र मंगलबार प्राविधिक समस्या सिर्जना हुँदा विद्युत् कटौती गर्नुपरेको स्पष्ट पारेका छन्। उक्त विषयलाई लिएर प्राधिकरणले विद्युत् कटौती गर्न थालेको भन्दै चौतर्फी रूपमा विरोध भएपछि शाक्यले शुक्रबार ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरेर केही समय प्राविधिक समस्या देखिए पनि अहिले त्यसलाई सल्टाइसकेको दाबी गरे।

‘मंसिर १३ र १४ गते राष्ट्रिय विद्युत् प्रणालीमा केही समय आएको समस्याले वितरणमा अवरोध सिर्जना भयो,’ उनले भने, ‘गत सोमबार एकीकृत राष्ट्रिय प्रणालीमा साँझ ६ः२५ बजे १ हजार ४ सय ३१ मेगावाटको लोड थियो। सो समयमा खिम्ती–लामोसाँघु–भक्तपुर, मातातीर्थ–हेटौंडा–ढल्केवर प्रसारण लाइन एउटै लुपमा सञ्चालित थियो। सोही समयमा मर्स्याङदी जलविद्युत् केन्द्रको पिकिङ जलाशयमा पानीको सतह न्यूनतम भएपछि प्रणाली सुचारु राख्न त्यहाँको उत्पादन घटाउँदा भारतबाट आयात गर्ने बिजुलीको मात्रा बढी हुन गयो र सोही समयमा खिम्ती–लामोसाँघु प्रसारण लाइन ओभरलोड हुन गई सिस्टम ट्रिप भयो।’

प्राधिकरणले सो समस्या निराकरणका लागि दिउँसोको समयमा भारतबाट आयात बढाई अर्ध जलाशय जलविद्युत् केन्द्रको रिर्जवायर बढाएर राख्ने र साँझको पिक आवरमा सप्लाई गर्ने व्यवस्था मिलाएको जानकारी दिएको छ। प्राधिकरणले कमजोर प्रसारण लाइनमा विशेष ध्यान दिँदै आएको बताएको छ। ‘सिस्टममा समस्या आएर मर्मतसम्भार गर्दा लोडसेडिङ भनेर सामाजिक सञ्जालमा भ्रम फैलाउनु गलत हो,’ उनले भने, ‘लोडसेडिङ हुने अवस्था छैन। ढुक्क भएर बिजुली उपयोग गर्नुहोस्।’

निमित्त प्रबन्ध निर्देशक शाक्यले गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा उपत्यकामा विद्युत् सटडाउन हुने समयसमेत घटेको तथ्यांक सार्वजनिक गरे। ‘गत वर्षको साउनदेखि मंसिरको अवधिमा भएको विद्युत् सटडाउनभन्दा चालु आर्थिक वर्षमा कम भएको छ,’ उनले भने, ‘यो वर्ष मात्रै होइन, बिजुलीमा हरेक वर्षजस्तै समस्या आइराखेका हुन्छन्।’ शाक्यले गत वर्ष साउनको तुलनामा चालु आर्थिक वर्षको साउनमा सिस्टम फ्युज हुने क्रममा कमी आएको दाबी गरे। ‘गत वर्ष साउनमा २२ पटक सिस्टम फ्युज भएको थियो। त्यो बेला छोटो समयमै समस्या समाधान भएकाले धेरै ग्राहकले थाहै पाउनुभएन होला,’ उनले भने, ‘यो वर्ष पनि साउनमा १० पटक सिस्टम फ्युज भएको थियो। तर कसैले थाहा पाएनन्।’ यो समाचार आजको नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र