निर्वाचनको तयारीमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान

पुस ९, काठमाडौँ । उपप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले निर्वाचनको तयारीमा जुट्न पार्र्टीका नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् ।सरकारले गरेका कामप्रति पार्टीभित्रैबाट नकारात्मक प्रचार गरिएको चर्चा गर्नुहुँदै उनले त्यसलाई चिर्दै जनताको बीचमा जानुपर्ने स्पष्ट पार्नुभयो । बागमती प्रदेशका नेकपा केन्द्रीय सदस्यहरूको बुधबार आयोजित भेलामा नेता पोखरेलले भने, “निर्वाचनबारे कुनै द्विविधा राख्नु आवश्यक छैन, तपाईंहरू जनताको साथ नछाड्नुहोस् ।”

भेलामा नेता टोपबहादुर रायमाझीले स्थायी सरकार र समृद्धिको नारा दिँदै गरिएको पार्टी एकताका सुरुआती दिनदेखि नै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट षड्यन्त्र हुँदै आएको विस्तृत चर्चा गर्नुभयो । नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार पार्टीको केन्द्रीय कमिटी सदस्यमा मनोनीतलाई कार्यगत प्रशिक्षण सञ्चालन गरिएको छ । प्रशिक्षणमा सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. बिन्दा पाण्डेलाई तोकिएको छ ।

त्यस्तै कर्णाली प्रदेशमा शङ्कर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्यलाई तोकिएको छ । यसैगरी लुम्बिनी प्रदेशमा विष्णुप्रसाद पौडेल, शङ्कर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटा हुनुहुन्छ । गण्डकी प्रदेशमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङ र सीता पौडेल हुनुहन्छ । यसैगरी प्रदेश २ मा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो एवं प्रदेश नम्बर १ मा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्बाहाङ्फेलाई प्रशिक्षकका रूपमा तोकिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै पत्रकार महासंघको प्रदर्शन

काठमाडौं, २८ साउन — पत्रकार किशोर श्रेष्ठको बिनाशर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं

सामाजिक सञ्जालमा मानहानि र गाली–बेइज्जती गरे कानुनी कारबाही हुने सरकारको स्पष्टोक्ति

काठमाडौं, साउन २६  । सरकारले सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट कसैको प्रतिष्ठा, इज्जत वा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा