निर्वाचनको तयारीमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान

पुस ९, काठमाडौँ । उपप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले निर्वाचनको तयारीमा जुट्न पार्र्टीका नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् ।सरकारले गरेका कामप्रति पार्टीभित्रैबाट नकारात्मक प्रचार गरिएको चर्चा गर्नुहुँदै उनले त्यसलाई चिर्दै जनताको बीचमा जानुपर्ने स्पष्ट पार्नुभयो । बागमती प्रदेशका नेकपा केन्द्रीय सदस्यहरूको बुधबार आयोजित भेलामा नेता पोखरेलले भने, “निर्वाचनबारे कुनै द्विविधा राख्नु आवश्यक छैन, तपाईंहरू जनताको साथ नछाड्नुहोस् ।”

भेलामा नेता टोपबहादुर रायमाझीले स्थायी सरकार र समृद्धिको नारा दिँदै गरिएको पार्टी एकताका सुरुआती दिनदेखि नै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट षड्यन्त्र हुँदै आएको विस्तृत चर्चा गर्नुभयो । नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार पार्टीको केन्द्रीय कमिटी सदस्यमा मनोनीतलाई कार्यगत प्रशिक्षण सञ्चालन गरिएको छ । प्रशिक्षणमा सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. बिन्दा पाण्डेलाई तोकिएको छ ।

त्यस्तै कर्णाली प्रदेशमा शङ्कर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्यलाई तोकिएको छ । यसैगरी लुम्बिनी प्रदेशमा विष्णुप्रसाद पौडेल, शङ्कर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटा हुनुहुन्छ । गण्डकी प्रदेशमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङ र सीता पौडेल हुनुहन्छ । यसैगरी प्रदेश २ मा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो एवं प्रदेश नम्बर १ मा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्बाहाङ्फेलाई प्रशिक्षकका रूपमा तोकिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू