आ–आफ्नो तागत जाँच्न देशव्यापी गुट भेलामा नेकपाका नेताहरु

काठमाडौं,पुस ४, सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना समूहका नेता–कार्यकर्ताको गुट भेला गर्न थालेका छन्। ओली समूहले सातवटै प्रदेशमा युवा विद्यार्थीको भेला आयोजना गर्न लागेकै बेला दाहाल–नेपाल पक्षले ससाना समूह बनाएर गुट भेला गरिरहेका छन्। 

महाधिवेशन मिति तोकिए पनि हुनेरनहुने कुनै टुंगो नभएको र शीर्ष नेताहरूबीच विवाद कायमै रहेका बेला दुवै पक्ष देशव्यापी गुट भेला गरेर पार्टीलाई तल्लो तहबाट आफ्नो पक्षमा पार्न कस्सिएका हुन्। दाहाल–नेपाल समूहले सातवटै प्रदेशका इन्चार्ज, प्रदेश अध्यक्ष तथा सचिवहरूको भेला आयोजना गर्न लागेको छ। अहिले वाग्मती प्रदेश र प्रदेश १ को भेला सकिएको छ। दुवै भेलामा दाहाल–नेपालले सम्बोधन गरेका थिए। 

प्रदेश १ को भेलामा वरिष्ठ नेता झलनाथ खनालले पनि सम्बोधन गरेका थिए। सचिवालयमा रहेका नौ सदस्यमध्ये दाहाल–नेपाल समूहमा वरिष्ठ नेता खनाल, उपाध्यक्ष वामदेव गौतम, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसहित पाँचजना रहे पनि गुट भेलामा उपाध्यक्ष गौतम भने उपस्थित भएका छैनन्। उनले आफू पाँच जनाको बैठकमा जाने तर यस्ता गुट भेलामा नजाने भनेर बहिष्कार गरिरहेका छन्। ‘अहिले भेला गर्ने बेला होइन, बैठकबाटै समस्याको समाधान खोज्नुपर्छ,’ गौतमले भने। उनले पाँचजनाको बैठकमा भने सहभागिता जनाउने बताएका छन्। दाहाल–नेपाल समूहको बाग्मती र प्रदेश १ भेलाप्रति उनको असहमति थियो।

नेताहरूको भेला गरेर दुवै पक्षका शीर्ष नेताहरूले पार्टीमा वारपारको अवस्था आउन लागेको भन्दै आ–आफ्नो तागत जाँच्न पनि भेला सुरु गरेका हुन्। आफ्नो पक्षमा कुनकुन कमिटी बहुमत अल्पमत छ भनेर पनि उनीहरूले आफ्ना समूहका नेताहरूसँग रिपोर्टिङ लिइरहेका छन्। यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय