ओली र प्रचण्डलाई माधव नेपालको चेतावनी

काठमाडौं ,मंसिर २५, नेकपाका वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीलाई विधिमा सञ्चालन गर्न र आफूलाई सुप्रिम नठान्न चेतावनी दिएका छन् । बुधबार नागरिक फ्रन्टलाइनसँग कुराकानी गर्दै नेपालले पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्ने, पार्टीलाई विधिसंगत ढंगले सञ्चालन गर्नुपर्ने र पार्टीभित्र देखिएका समस्या पार्टीको बैठकमा छलफल गरेर टुंगो लगाउनुपर्ने बताएका हुन् । 

उनले दुवै अध्यक्षलाई आन्दोलन र परिवर्तनको नेता बन्न सुझाव दिँदै पार्टी बैठकभन्दा फरक ढंगले नउभिन चेताए । ‘पार्टीभित्र समस्या देखियो, देशव्यापीरुपमा फैलिँदो छ । समस्या कमिटीभित्र सीमित गर्न सकिएको छैन तर अहिले पनि कमिटीभित्र सीमित गर्नुपर्छ, कमिटीभन्दा पर समस्याको समाधान हुन्छ भनेर सोच्नु हुदैन’, उनले भने । उनले वर्षाबाट तर्सिने किसान, नदीबाट तर्सिने माझी, बन्दुकबाट तर्सिने सिपाहीको केही काम छैन भन्दै ओलीलाई पार्टीको बैठकबाट नभाग्न, बैठकमा आएर छलफलमा सहभागी भएर निकास निकाल्न सुझाव दिए । ‘पार्टीभित्र सबै समस्याबारे छलफल हुनुप¥यो, कोभिडकै बारेमा छलफल गरौं, सरकारी नीतिका बारेमा छलफल गरौं । हामी आफैंलाई सर्वज्ञानी ठान्छौं, सर्वज्ञानी नठानौं । अहंकारले नै लंका दहन भएको हो’, नेपालले भने ।

उनले पुष्पकमल दाहालले संगठनको विषयमा धेरै जानकारी नराखेको विषय कोट्याउँदै दुवै अध्यक्षले आफूहरू सुप्रिम हो भन्ने ठानेको र त्यसले संगठनभित्र नकारात्मक असर पार्ने बताए । ‘प्रचण्डजीले आन्दोलन त हाँक्नुभयो तर संगठनसम्बन्धी विषय भने ग्याप भयो’, उनले भने ।

आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत