कोरोना उपचारमा दोहोरो शुल्क लिने अस्पताललाई सरकारले कारबाही गर्ने

काठमाडौं,मंसिर २२, २०७७,कोरोना उपचारमा सूचीकृत अस्पतालहरूले दोहोरो शुल्क लिएको गुनासो आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले केही अस्पतालले बिरामी र स्वास्थ्य मन्त्रालय दुवैबाट शुल्क लिएको गुनासो आएको जानकारी दिएका हुन् ।

‘सेवाग्राही र स्वास्थ्य मन्त्रालयसँग दोहोरो शुल्क लिएको भन्ने जनगुनासो आइरहेको छ,’ प्रवक्ता गौतमले भने । आइतबार मन्त्रालयमा बसेको इन्सिडेन्ट कमान्ड समितिको बैकठले दोहोरो शुल्क लिने अस्पतालहरूलाई अनुगमन गरी कारबाही गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ । कोरोनाकै बहानामा कतिपय नाम चलेका निजी अस्पतालले दोहोरो शुल्क लिने गरेको उजुरीसमेत मन्त्रालयमा परेको मन्त्रालयले जनाएको छ ।

सोही बैठकले सबै प्रदेशमा उच्चस्तरीय समिति, एम्बुलेन्स सेवा व्यवस्थापन समिति, कन्ट्याक्ट ट्रेसिङ समिति, सूचना तथा मेडिकल टास्क फोर्स समिति निर्माण गरी कार्यान्वयन गर्नेरगराउने निर्णय गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छिन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।