‘कमरेडहरू’लाई केपी ओलीका खसोखास कुरा – ‘दक्षिणले अब दुःख दिँदैन’

काठमाडौ, कात्तिक १९,  ‘तिनीहरूलाई राम्रैसँग सम्झाएर पठाएको छु, शायद अब भारतले हामीलाई दुःख दिँदैन ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय खुफिया एजेन्सी ‘र का प्रमुख सामन्तकुमार गोयललाई मध्यराति सरकारी आवास बालुवाटारमा भेटेर बिदा गरेपछि आफ्ना निकटस्थहरूलाई त्यसको उपलब्धीबारे यसरी आश्वस्त तुल्याएका हुन् ।

कात्तिक ५, अर्थात् अक्टोबर २१ तारिखमा गोयल काठमाडौँ ओर्लनासाथ आराम गर्न होटल पुगे । दिनभरि यताउता बिताए । राति ९ बजेपछि बालुवाटारमा प्रधानमन्त्रीसँग एक घण्टा पाँच मीनेट एक्लाएक्लै वार्ता गरे । त्यसपछिको भेटमा चाहिँ भारतको विदेश मन्त्रालयमा नेपाल. भूटान मामिला हेर्ने नर्थइष्ट डेस्क भनेझैँ ‘र’को तर्फबाट नेपाल मामिला हेर्ने दोस्रो हैसियतका तोमर र ‘र’ प्रमुखको सचिवालय प्रमुख अरुण जैनहरू सहभागी थिए ।

अरुण भूकम्पताका नेपालमा विवेक जोहरीपछि दोस्रो वरियतामा कार्यरत थिए । यी तीनजना बसेर भएको वार्ताको टिपोटचाहिँ नेपालको तर्फबाट प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराईले गरेका छन् । यो भेटघाटमा नेपालस्थित ‘र’का स्टेशन म्यानेजर अभिजित हल्दरलाई भने सामेल गरिएको थिएन । बरु, बालुवाटारबाट निस्किएपछि सामन्तले भेटे, उनकै बालुवाटारस्थित निवास पुगेर ।

भारतले यसअघि पनि ‘र’ प्रमुखसहितका जासुसहरूलाई नेपाल पठाउने गरेको थियो । अध्यागमन मामिलासहित हेर्नेगरी ‘र’का मानिस दुतावासमै तैनाथ छन् । यसरी सुक्ष्म तवरबाट भारतले नेपाल मामिला हेर्ने पुरानै क्रम हो । तर, नेपालको तर्फबाट खुल्लमखुला ठूलो होहल्लासहित, सार्वजनिक सूचना जारी गरेरै भ्रमण भएकोचाहिँ यो पहिलोचोटि हो । प्रधानमन्त्री ओली चीनतिर ढल्किएको भारतीय सञ्चारमाध्यमहरूले जनाए पनि यो भ्रमणबारे आफूले केही नबोली नेपालकै तर्फबाट सार्वजनिक गर्न लगाएर भारतले विशेष महत्त्वको छ भन्न देखाउन चाहेको प्रष्टै छ । नेपालकै चाहनामा यो भ्रमण भएको स्रोतको दावी छ । र, भारतको जुनसुकै तहका मानिससँग पनि हाम्रा प्रधानमन्त्री सहजै भेट्न तयार भएको सन्देश पनि यो भ्रमणबाट दिइएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।