‘कमरेडहरू’लाई केपी ओलीका खसोखास कुरा – ‘दक्षिणले अब दुःख दिँदैन’

काठमाडौ, कात्तिक १९,  ‘तिनीहरूलाई राम्रैसँग सम्झाएर पठाएको छु, शायद अब भारतले हामीलाई दुःख दिँदैन ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय खुफिया एजेन्सी ‘र का प्रमुख सामन्तकुमार गोयललाई मध्यराति सरकारी आवास बालुवाटारमा भेटेर बिदा गरेपछि आफ्ना निकटस्थहरूलाई त्यसको उपलब्धीबारे यसरी आश्वस्त तुल्याएका हुन् ।

कात्तिक ५, अर्थात् अक्टोबर २१ तारिखमा गोयल काठमाडौँ ओर्लनासाथ आराम गर्न होटल पुगे । दिनभरि यताउता बिताए । राति ९ बजेपछि बालुवाटारमा प्रधानमन्त्रीसँग एक घण्टा पाँच मीनेट एक्लाएक्लै वार्ता गरे । त्यसपछिको भेटमा चाहिँ भारतको विदेश मन्त्रालयमा नेपाल. भूटान मामिला हेर्ने नर्थइष्ट डेस्क भनेझैँ ‘र’को तर्फबाट नेपाल मामिला हेर्ने दोस्रो हैसियतका तोमर र ‘र’ प्रमुखको सचिवालय प्रमुख अरुण जैनहरू सहभागी थिए ।

अरुण भूकम्पताका नेपालमा विवेक जोहरीपछि दोस्रो वरियतामा कार्यरत थिए । यी तीनजना बसेर भएको वार्ताको टिपोटचाहिँ नेपालको तर्फबाट प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराईले गरेका छन् । यो भेटघाटमा नेपालस्थित ‘र’का स्टेशन म्यानेजर अभिजित हल्दरलाई भने सामेल गरिएको थिएन । बरु, बालुवाटारबाट निस्किएपछि सामन्तले भेटे, उनकै बालुवाटारस्थित निवास पुगेर ।

भारतले यसअघि पनि ‘र’ प्रमुखसहितका जासुसहरूलाई नेपाल पठाउने गरेको थियो । अध्यागमन मामिलासहित हेर्नेगरी ‘र’का मानिस दुतावासमै तैनाथ छन् । यसरी सुक्ष्म तवरबाट भारतले नेपाल मामिला हेर्ने पुरानै क्रम हो । तर, नेपालको तर्फबाट खुल्लमखुला ठूलो होहल्लासहित, सार्वजनिक सूचना जारी गरेरै भ्रमण भएकोचाहिँ यो पहिलोचोटि हो । प्रधानमन्त्री ओली चीनतिर ढल्किएको भारतीय सञ्चारमाध्यमहरूले जनाए पनि यो भ्रमणबारे आफूले केही नबोली नेपालकै तर्फबाट सार्वजनिक गर्न लगाएर भारतले विशेष महत्त्वको छ भन्न देखाउन चाहेको प्रष्टै छ । नेपालकै चाहनामा यो भ्रमण भएको स्रोतको दावी छ । र, भारतको जुनसुकै तहका मानिससँग पनि हाम्रा प्रधानमन्त्री सहजै भेट्न तयार भएको सन्देश पनि यो भ्रमणबाट दिइएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफल नहुने – भट्टराई

काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन ‘हेर्न नमिल्ने’

काठमाडौं । पूर्व गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्नुपर्ने माग राखी दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न

अवदेखि सवै सरकारी करार तथा ज्यालादारी कर्मचारले सामाजिक सुरक्षाकोषको सुविधा पाउने

  बैशाख ३, काठमाण्डौं । काठमाडौं । पेन्सन अर्थात् निवृत्तिभरण सुविधा लिने बाहेकका सबै सरकारी

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका