प्रचण्ड निकट स्रोतले भने प्रधानमन्त्री पद नमागिएको तर प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठकको निर्णयविपरीत कार्य गर्न थालेकाले पार्टीभित्र गम्भीर समस्या सिर्जना भएको दाबी गरेको छ । पछिल्लो भेटमा कार्यकारी अध्यक्ष प्रचण्ड आफैंले प्रधानमन्त्री ओलीसँग अब सँगै जान सक्ने अवस्था नरहेको बताएका थिए भने जवाफमा ओलीले पनि त्यसो भए बाटो ‘क्लियर’ गर्दा हुने बताएपछि दुई अध्यक्षबीचको मतभेद सतहमा आएको हो ।
दुवै अध्यक्ष सहमतिका लागि इच्छुक नदेखिएपछि नेकपा भयानक संकटको मोडमा पुगेको स्रोतको दाबी छ । यद्यपि अन्य नेताहरूले भने दुई अध्यक्षलाई मिलाउने कसरत थालेका छन् । ‘कार्यकारी अध्यक्ष आफैंले दुई जना अध्यक्ष सँगै हिँड्न नसक्ने बताएपछि समस्या आएको हो,’ प्रधानमन्त्री निकट स्रोतले राजधानीसँग भन्यो । तर, कार्यकारी अध्यक्ष प्रचण्ड निकट स्रोतले भने प्रचण्डले प्रधानमन्त्रीसँग त्यस्तो भनाइ नराखेको दाबी गरेको छ ।
दुई अध्यक्षको बढ्दो टकरावका कारण सरकार र पार्टीको अवस्था कमजोर बन्दै गइरहेको देखिएको छ । हालै सम्पन्न स्थायी कमिटीको निर्णय र सहमतिपश्चात् साम्य भएको विवाद फेरि बल्झेपछि पार्टी एकता नै संकटमा परेको हो ।
नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले नै पार्टीभित्र गम्भीर संकट उत्पन्न भएको खुलासा गरेका हुन् । महासचिव पौडेलले आइतबार ट्वीटरमार्फत नेकपाको एकीकृत र अविभाज्य अस्तित्वसामु गम्भीर संकट उत्पन्न भएकाले एकतालाई जोगाउन सबै नेता तथा कार्यकर्तासँग आह्वान गरेका छन् ।
२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद
काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा
यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्
२९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ
वैशाख १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप
काठमाडौं । पूर्व गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्नुपर्ने माग राखी दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न