किन हेरफेर हुनसकेन क्याबिनेट : प्रधानमन्त्री कसको विपक्षमा, कसको पक्षमा ?

काठमाडौं,असोज १४,केही मन्त्रालय टुक्र्याउँदै मन्त्रिपरिषद् पुनर्गठन गरिहाल्ने, केही निकटस्थ मन्त्रीलाई निरन्तरता दिने, ‘बा’ भन्ने बथानको बद्नाम मान्छेलाई पनि नयाँ क्याबिनेटमा समेट्ने– अहिले प्रधानमन्त्री केपी ओली यी चार किसिमका हतारोमा छन् । तर, उहाँका निम्ति यो गन्तव्य भने चट्टान फोडेर पहाड छिचोल्नेझैँ सकसपूर्ण छ ।

बालुवाटारस्रोतले जनाएअनुसार, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच सोमबार पनि यिनै चार विषयमा गलफत्ती चल्यो । तर, प्रचण्डले शैलीगत विषयमा मतभिन्नता व्यक्त गर्दै कुनै पनि कुरा प्रधानमन्त्रीले चाहेजसरी गर्न नहुने अडान लिएका छन् ।

‘यतिजना मन्त्री राखौँ, यति–यति हटाऔँ भन्नेमा नजाऔँ । एकचोटि सबै खाली गरौँ । अनि रिसेट गरौँ । तपाईंलाई चाहिएका दुई–चारजना राख्नुहोला, केही छैन’, प्रचण्डले भने । तर, प्रधानमन्त्रीले मानेनन् । ‘प्रदीप, ईश्वर र बादललाई हटाउनै हुन्न’, प्रधानमन्त्रीले भने, ‘यीसहित अरु केही साथीलाई लिएर जाऔँ ।’

प्रचण्डले चाहिँ हटाउनेलाई अपमानको शैलीमा र राख्नेहरूलाई पुरस्कारको शैलीमा व्यवहार गर्दा भोलि पार्टीभित्र पनि समस्या आउने खतरातर्फ इंगित गरे र भने, ‘त्यस्तो त गर्दै नगरौँ ।’ प्रधानमन्त्रीले भने, ‘बादल पनि राखौँ नै भनेको छु नि ’ प्रचण्डले तत्कालै भने ‘बादललाई मन्त्रीमात्रै किन, उपप्रधानमन्त्री नै बनाऔँ, सिनियर हो उहाँ, तर, कुरा बादल र अरु कसैको होइन, तरिकाचाहिँ त्यस्तो अपनाऔँ भनेको हुँ ।’

प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्दा २० जना नयाँ लैजाऔँ, पाँचजना पुरानैलाई राखौँ भने । ‘पार्टी खतरामा पुग्दा पनि बचाइयो । अब खालि गरेर दुई–चार, पाँच जना राखौँ’, प्रचण्डले अडान दोहो-याउँदा पनि ओलीले मुन्टो हल्लाएर नमानेको संकेत गरे ।

यसरी कुराकानी सिध्याएर खुमलटारस्थित निवास पुगेका प्रचण्ड कोठामा छिर्नेबित्तिकै झस्किनुभयो, बालुवाटारनिकट एक पत्रकार नेताको ट्वीट देखेर । छोरी गंगाले आफ्नो मोबाइलबाट देखाएको उक्त ट्वीटका कुरा उतैबाट लेखाइएको भन्ने उनले बुझे । लेखिएको थियो, ‘प्रचण्डले सबै मन्त्री फेरौँ भनेका छन् । बादल, लेखराज हटाउने, टोपबहादुर, हरिबोललाई नल्याउने भनेर प्रधानमन्त्रीलाई अप्ठेरो पारेका छन् ।’

आइतबार र सोमबार भएको भेटमा प्रचण्डले दोहो-याई, तेहे-याई भनेका छन्,, ‘मन्त्रालय फुटाउनै नहुने त होइन, समग्र चेञ्ज गर्ने हो भने हुनसक्छ । तर, मन्त्रिपरिषद् नै समग्रमा नयाँ बनाऔँ ।’ तर, प्रधानमन्त्रीको सुरचाहिँ घनश्याम भुषाल, योगेश भट्टराईजस्ता फरक खेमाका मन्त्री पनि हटाउने र ‘बा’ भन्ने बथानका मान्छे भिœयाउनेमा केन्द्रित भएको प्रचण्डले हिजो मंगलबार केही निकटस्थ नेतालाई सुनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र