किन हेरफेर हुनसकेन क्याबिनेट : प्रधानमन्त्री कसको विपक्षमा, कसको पक्षमा ?

काठमाडौं,असोज १४,केही मन्त्रालय टुक्र्याउँदै मन्त्रिपरिषद् पुनर्गठन गरिहाल्ने, केही निकटस्थ मन्त्रीलाई निरन्तरता दिने, ‘बा’ भन्ने बथानको बद्नाम मान्छेलाई पनि नयाँ क्याबिनेटमा समेट्ने– अहिले प्रधानमन्त्री केपी ओली यी चार किसिमका हतारोमा छन् । तर, उहाँका निम्ति यो गन्तव्य भने चट्टान फोडेर पहाड छिचोल्नेझैँ सकसपूर्ण छ ।

बालुवाटारस्रोतले जनाएअनुसार, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच सोमबार पनि यिनै चार विषयमा गलफत्ती चल्यो । तर, प्रचण्डले शैलीगत विषयमा मतभिन्नता व्यक्त गर्दै कुनै पनि कुरा प्रधानमन्त्रीले चाहेजसरी गर्न नहुने अडान लिएका छन् ।

‘यतिजना मन्त्री राखौँ, यति–यति हटाऔँ भन्नेमा नजाऔँ । एकचोटि सबै खाली गरौँ । अनि रिसेट गरौँ । तपाईंलाई चाहिएका दुई–चारजना राख्नुहोला, केही छैन’, प्रचण्डले भने । तर, प्रधानमन्त्रीले मानेनन् । ‘प्रदीप, ईश्वर र बादललाई हटाउनै हुन्न’, प्रधानमन्त्रीले भने, ‘यीसहित अरु केही साथीलाई लिएर जाऔँ ।’

प्रचण्डले चाहिँ हटाउनेलाई अपमानको शैलीमा र राख्नेहरूलाई पुरस्कारको शैलीमा व्यवहार गर्दा भोलि पार्टीभित्र पनि समस्या आउने खतरातर्फ इंगित गरे र भने, ‘त्यस्तो त गर्दै नगरौँ ।’ प्रधानमन्त्रीले भने, ‘बादल पनि राखौँ नै भनेको छु नि ’ प्रचण्डले तत्कालै भने ‘बादललाई मन्त्रीमात्रै किन, उपप्रधानमन्त्री नै बनाऔँ, सिनियर हो उहाँ, तर, कुरा बादल र अरु कसैको होइन, तरिकाचाहिँ त्यस्तो अपनाऔँ भनेको हुँ ।’

प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्दा २० जना नयाँ लैजाऔँ, पाँचजना पुरानैलाई राखौँ भने । ‘पार्टी खतरामा पुग्दा पनि बचाइयो । अब खालि गरेर दुई–चार, पाँच जना राखौँ’, प्रचण्डले अडान दोहो-याउँदा पनि ओलीले मुन्टो हल्लाएर नमानेको संकेत गरे ।

यसरी कुराकानी सिध्याएर खुमलटारस्थित निवास पुगेका प्रचण्ड कोठामा छिर्नेबित्तिकै झस्किनुभयो, बालुवाटारनिकट एक पत्रकार नेताको ट्वीट देखेर । छोरी गंगाले आफ्नो मोबाइलबाट देखाएको उक्त ट्वीटका कुरा उतैबाट लेखाइएको भन्ने उनले बुझे । लेखिएको थियो, ‘प्रचण्डले सबै मन्त्री फेरौँ भनेका छन् । बादल, लेखराज हटाउने, टोपबहादुर, हरिबोललाई नल्याउने भनेर प्रधानमन्त्रीलाई अप्ठेरो पारेका छन् ।’

आइतबार र सोमबार भएको भेटमा प्रचण्डले दोहो-याई, तेहे-याई भनेका छन्,, ‘मन्त्रालय फुटाउनै नहुने त होइन, समग्र चेञ्ज गर्ने हो भने हुनसक्छ । तर, मन्त्रिपरिषद् नै समग्रमा नयाँ बनाऔँ ।’ तर, प्रधानमन्त्रीको सुरचाहिँ घनश्याम भुषाल, योगेश भट्टराईजस्ता फरक खेमाका मन्त्री पनि हटाउने र ‘बा’ भन्ने बथानका मान्छे भिœयाउनेमा केन्द्रित भएको प्रचण्डले हिजो मंगलबार केही निकटस्थ नेतालाई सुनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।