September 18, 2020

सोर्सफोर्सका आधारमा पक्राउलगत्तै रिहा

पृथ्वीचोकमा तुलाचन फेन्सी सञ्चालन गर्दै आएका क्षितिज तुलाचन एकाएक पक्राउ परे । करिब ४ बजे सादा पोसाकका प्रहरी च्यानल बनाउँदै तुलाचनसम्म पुगेको थियो । लागूऔषध किन्ने बहानामा पुगेको प्रहरीले तुलाचनलाई केही रकम दिएर लागूऔषध किन्यो । त्यसलगत्तै वैदाम प्रहरीको भ्यानमा हत्कडी लगाई अपराधीलाई झैं पक्रेर दुई चार मुक्का बजाउँदै चौकी लगे ।

तुलाचनलाई प्रहरीले त्यसरी लगेको देख्दा व्यवसायीहरु अचम्ममा परे । लागूऔषध कारोबार गर्ने गरेको भन्ने सुराकीको आधारमा प्रहरी त्यहाँसम्म पुगेको थियो । तर पक्राउ परेका तुलाचन साँझ आफ्नै पसलमा आइपुगे । लछारपछार तथा कुटपिट गर्दै लगेको प्रहरीले साँझ पसलमा देख्दा त्यहाँका स्थानीय छक्क परेका थिए ।

 

पक्राउ परेको डेढ घण्टामा नै छुटेर आएका तुलाचन गण्डकी प्रदेश प्रमुख अमिक शेरचनको नातेदार भएको खुलेको छ । त्यति मात्र होइन, उनी गएको निर्वाचनमा नेकपाबाट वडाध्यक्षको उम्मेदवारी दिएका गोविन्द तुलाचनका छोरा भएको खुल्न आएको छ ।

‘प्रहरीले हतकडी लगाएर लगेका व्यक्ति डेढ घण्टामा नै छुटे, उनी यही वडामा वडाध्यक्षमा हारेकाका छोरा हुन् । अमिक शेरचनको छोरा, ज्वाइँ त्यस्तै केही पर्छन्।’ –एक प्रत्यक्षदर्शीले भने ।

स्रोतका अनुसार तुलाचनलाई लागूऔषधसहित पक्राउ गरे पनि फोनको भरमा छाडिएको हो । शुक्रबारका दिन त्यसमा पनि अपराह्नको समयमा पक्राउ परेका व्यक्ति उनलाई अनुसन्धान नै गर्ने हो भने पनि त्यति चाँडो सकिँदैनथ्यो ।

उता जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठले तुलाचनबाट केही नभेटिएको बताउनुभयो । ‘हामीले शंकाको आधारमा पक्राउ गरेका हौं । केही भेटिएन त्यसैले छाडेका हौं।’ –प्रमुख श्रेष्ठले भन्नुभयो । तुलाचनबाट केही चिज बरामद गरिएको प्रहरी उच्चस्रोतले बताएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा