अबकोअर्थमन्त्री  को ? दौडधुपमा काजी देखि पौडेलसम्म  !

artha-mantri-cover

काठमाडौं, १९ भदौृ। राष्ट्रिय सभा सदस्यमा नेकपाबा उपाध्यक्ष वामदेव गौतमलाई बनाउने नेकपाको सचिवालय बैठकले निर्णय गरेपछि भोलीदेखि अर्थमन्त्री पद रिक्त हुने भएको छ ।

साढे २ वर्षसम्म विना कुनै राजनीतिक त्याग अर्थमन्त्रालयमा रजगज गरेका खतिवडाको कार्यकाल अब सकिएको छ । योसँगै अब अर्थमन्त्री को होला भन्ने चर्चा शुरु भएको छ । विद्यमान कानुनी व्यवस्था अनुसार गौतम यदि राष्ट्रिय सभाको सदस्य बनिहाले भनेपनि मन्त्रि बन्न सहज छैन ।
नेपालको संविधान २०७२ ले उनको मन्त्री बन्ने अभिलाशामा समेत तगारो राखिदिएको छ ।
संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री हुनेसम्बन्धी उक्त धाराको उपधारा ४ मा लेखिएको छ– प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा उपधारा (१) बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन।’

त्यसो त गौतम अर्थमन्त्री बन्न नसके विष्णु पौडेल अर्थ मन्त्री बन्ने प्रबल संभावना छ । यद्धपी बालुवाटार जग्गा प्रकारणमा उन्मुक्ति पाएका उनलाई भूमि सुधार मन्त्री बनाउनुपर्ने भन्दै सामाजिक संजालमा व्यंग्य हुन थालेको छ ।

यद्धपी प्रधानमन्त्री केपी शर्मा ओलीको अत्यन्त निकट व्यक्ति भएका कारण पौडेलको संभावना बलियो छ ।
अर्थमन्त्री बन्ने दौडमा प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि छन् । उनले आफूले पनि अर्थशास्त्रमा मास्टर गरेको हुँ भन्दै हिँड्न थालेका छन् ।

पूर्व मन्त्री सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाउनुपर्ने नेकपा भित्र आम कार्यकर्ताको माग छ । यद्धपी उनीमाथि माधव नेपाल समुहमा लागेको आरोप छ । सोही कारण उनको संभावना कम रहेको आंकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित