करिब तीन महिनापछि वीरगञ्ज आइपुग्यो २५ सय टन युरिया मल

काठमाडाैं, भदाै ११ः लकडाउनको कारण करिब तीन महिनादेखि भारतको कलकत्तामा अड्किएर रहेको २५ सय टन रासायनिक युरिया मल वीरगञ्जको सुख्खा बन्दरगाहमा आइपुगेको छ ।

Paddyfarmer

युरिया मलको अभावमा किसानहरू छटपटिइरहेको बेला साल्ट ट्रेडिङ कर्पोरेसनको मल मङ्गलबार राति वीरगञ्ज आइपुगेको हो । बिहीबार शुक्रबारदेखि किसानलाई मल वितरण गर्ने लक्ष्य साल्ट ट्रेडिङ कर्पोरेसनले लिएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन वीरगञ्जका प्रमुख अमोज लामिछानेले २५ सय टन युरिया मल मङ्गलबार राति सिर्सिया सुख्खा बन्दरगाहमा आइपुगेको बताउँदै वीरगञ्ज आइपुगेको उक्त मललाई केन्द्रको निर्देशनअनुसार सिन्धुलीदेखि कञ्चनपुर महेन्द्रनगरसम्म गरी १९ जिल्लामा पठाइने जानकारी दिए ।

बिहीबारदेखि नै वीरगञ्जबाट सिन्धुलीदेखि कञ्चनपुर महेन्द्रनगरसम्मका विभिन्न १९ जिल्लामा युरिया मल पठाइने बताउँदै साल्ट ट्रेडिङ कर्पोरेसन वीरगञ्जका प्रमुख अमोज लामिछानेले भने, एक हप्ताभित्र अर्को २५ सय टन आइपुग्छ, यसपालि पठाउन नसकिएका जिल्लाहरूमा यसपछि आएको मल पठाइन्छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनको वीरगञ्जका गोदामहरूमा मल राख्ने काम शुरू गरिसकिएको बताउँदै साल्ट ट्रेडिङ कर्पोरेसन वीरगञ्जका प्रमुख लामिछानेले पर्साका किसानहरूका लागि सहकारीहरूलाई पर्सि शुक्रबारदेखि मल वितरण गरिने जानकारी दिए, शुरूमा ३० देखि ५० बोरा एक सहकारीलाई दिने लक्ष्य राखेका छौं । हाम्रो पर्सा जिल्लाको कोटामा कति मल पर्छ त्यहीअनुसार वितरण गरिन्छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले कृषि मन्त्रालयको समन्वयमा कुन कुन जिल्लामा मल पठाउने भनेर तालिका बनाएकाले सोही तालिकाअनुसार मल वितरण गरिने छ । शुरूमा मोरङ, सुनसरी, झापा, राजविराज, पोखरा, रौतहट, सिन्धुली, मकवानपुरलगायत ठाउँमा वितरणका लागि वीरगञ्जबाट पठाइने बताइएको छ ।

कर्पोरेसनको कोटाको २१ हजार पाँच सय टन युरिया मल कलकत्तामा लकडाउनका कारण करिब तीन महिनादेखि अड्किएर बसेको थियो । लकडाउन खुकुलो भएसँगै मल नेपाल भित्रिन सुरू गरेको छ । केही दिनभित्र २१ हजार पाँच सय टन युरिया मल नेपाल आइसक्ने साल्ट ट्रेडिङ कर्पोरेसन वीरगञ्जका प्रमुख लामिछानेले जानकारी दिए ।

साल्ट ट्रेडिङ कर्पोरेसनले आयात गरेको यो युरिया रासायनिक मलमा नेपाल सरकारको एक हजार २ सय ४७ रुपियाँ २६ पैसा प्रति बोरा अनुदान रहेको छ । औसत मूल्य एक हजार ९ सय ४७ रुपियाँ २६ पैसामा आयात गरिएको यस युरिया मलको ५० किलोग्रामको तौल भएको एक बोरा सरकारको अनुदान रकमका कारण किसानले औसत मूल्य सात सय रुपैयाँमा किन्न पाउनेछन् ।

सरकारले औसत मूल्य सात सय तोकिदिए पनि सहकारीहरूले मनपरी रुपमा अधिकतम ९ सय ५० रुपियाँ बोरासम्म किसानलाई बिक्री गर्ने गरेको गुनासो किसानहरूको रहेको छ ।

उता कृषि सामग्री कम्पनी लिमिटेड प्रदेश कार्यालय वीरगञ्जका सूचना अधिकारी गोरखनाथ केसीले साल्ट ट्रेडिङ कर्पोरेसनले आयात गरेको युरिया मल वितरण गरि सकिएपछि मात्र कृषि सामग्री कम्पनीको ५५ हजार टन युरिया मल आउने जानकारी दिए । अबको २५ दिनदेखि एक महिनाभित्रमा हाम्रो मल पनि आइपुग्छ, उनले भने । कृषि सामग्री कम्पनीले साउनको अन्तिममा आयात गरिसक्नुपर्ने युरिया मल आयात नगर्दा मलको हाहाकार भएको बताइन्छ ।

नेपालमा आयात गरिने जम्मा रसायनिक मलको ७० प्रतिशत कृषि सामग्री कम्पनीले र ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेसन आयात गर्ने प्रावधान रहेको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रदेश कार्यालय वीरगञ्जमा गएको जेष्ठ १५ गते यतादेखि नै युरिया मल छैन भने साल्ट ट्रेडिङ कर्पोरेसनले साउनको पहिलो हप्तासम्म केही मात्रामा वितरण गर्दै आएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने