स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

sharethis sharing button

ministryof2222
 भदौ ८, २०७७, काठमाडौँ – गृह मन्त्रालयले कोरोना महामारी जोखिम नियन्त्रण, रोकथाम र उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा राष्ट्रसेवक कर्मचारीमाथि दुर्व्यवहार गर्नेलाई कानुनी कारबाही गर्न निर्देशन दिएको छ ।

कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि सबैको सहयोग र सामूहिक प्रतिबद्धताको आवश्यकता औँल्याउँदै मन्त्रालयले उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा सङ्क्रमित कसैप्रति दुव्र्यवहार गरेमा कानुनी कारबाहीको चेतावनी दिएको हो ।

 

त्यस्तै मन्त्रालयले कोरोना सङ्क्रमण जोखिम रोकथाम तथा नियन्त्रणका लागि सरकारबाट भएका निर्णय तथा निर्देशनको प्रभावकारी कार्यान्वयन गर्न ७७ वटै जिल्लामा संयुक्त अनुगमन टोली परिचालनको व्यवस्था मिलाएको छ ।

 

कोरोना सङ्क्रमणको जोखिम बढ्न नदिन काठमाडौँ उपत्यकाका तीनवटा जिल्लासहित ४८ जिल्लामा निषेधाज्ञा जारी छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र