August 12, 2020

 घुससहित पाँच जना वन साहयक अधिकृतअख्तियारको नियन्त्रणमा

 

काठमाडौं, साउन २८ः उदयपुरका वन सहायक अधिकृत शिवनारायण यादवसहित पाँच जनालाई १७ हजार रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेका छन्।

पक्राउ पर्नेमा सहायक वन अधिकृत शिव नारायण यादव, सव डिभिजन वन कार्यालय लाल बजार रामपुर उदयपुरका प्रमुख (सहायक वन अधिकृत) बिनोदकुमार साह, फोरेष्टर रमेश राई, सव डिभिजन वन कार्यालय मैनामैनीमा कार्यरत फोरेष्टर विशेश्वर चौधरी, वन रक्षकद्वय शैलेन्द्र झा र मनोज कुमार राउत रहेका छन् ।

सेवाग्राहीसँग रिसवत लिएको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटि गएको प्रहरी टोलीले खानतलासी गर्दा घुस बापतको रकम फेला पारी उनीहरुलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगका अनुसार उनीहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।