शुक्रबारबाट मौसममा सुधार हुँदै

mausam_gGUiMM7KAQ (1)

साउन ९,काठमाडौँ – मनसुनी वायुुको प्रभाव कायमै रहेकोले मौसममा सुधार आउन अझै केही दिन लाग्ने भएको छ । शुक्रबारबाट सुधार हुँदै एक–दुई दिन मौसम खुल्ने सम्भावना रहेको मौसमविद्को भनाइ छ । न्यूनचापीय रेखा तलमाथि हुने क्रम चलिरहेकोले सुधार हुन समय लागेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

देशभर मनसुनी वायुको प्रभाव बिहीबार पनि कायमै रह्यो । मनसुनी न्यून चापीय रेखा पश्चिमी भूभागमा नेपालबाट दक्षिण सरे पनि पूर्वमा नेपाल नजिक रहेको छ । जसका कारण बदली जारी रहेको हो ।

मौसमविद् मानन्धरका अनुसार मौसम शुक्रबारबाट खुल्न थाले पनि तत्काल सुधार हुने छैन । एक–दुुई दिनको सुधारपछि फेरि अर्को मौसमी प्रणालीले वर्षा गराउने सङ्केत देखिएको उनले स्पष्ट पारिन् ।

वर्षा न्यूून हुँदै गए पनि देशभर आंशिकदेखि सामान्य बदलीका साथ हल्कादेखि मध्यम वर्षा हुने क्रम निरन्तर छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाग्मती, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा जारी छ । आगामी तीन दिन यी क्षेत्रका केही स्थानमा भारी वर्षाको पनि सम्भावनासमेत औँल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।