प्रधानमन्त्रीलाई घेराबन्दी गर्नेका बिरुद्द माइतिघरमा बृहत प्रदर्शन हुने

काठमाडौँ, २५ असार । स्वतस्फुर्त रुपमा निश्किएको युवाहरुद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थमा भोली (शुक्रवार) काठमाडौँको माइतिघरमा बृहत प्रदर्शन हुने भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटीमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजिनामा मागेसँगै सडकमा युवाहरुले समर्थनमा शक्ति प्रदर्शन सुरु गरेका हुन् । केही दिन अघि देखी प्रधानमन्त्री ओलीको समर्थनमा देशभर बृहत प्रदर्शन भइरहेको छ । सोही क्रममा हिजो देशका ७७ जिल्ला सदरमुकाम, प्रदेशको राजधानी तथा काठमाडौँ उपत्यकामा ६ ठाउँ गरी ९० भन्दा बढी स्थानमा एकै पटक प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन गरिएको थियो ।

त्यस्तै भोली माइतिघरमा दिनको ठिक ३ बजे बृहत शक्ति प्रदर्शन हुने भएको हो । स्थायी कमिटीको बैठकमा अर्का अध्यक्ष प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगयातले ओलीलाई दुवै पदबाट राजिनामा दिन दवाप दिएपछि राष्ट्रलाई मायाँ गर्ने युवाहरु कोरोनाको कहरकाबीच पनि सडकमा उत्रिएका हुन् ।

सीमा रक्षा, नागरिकता विधेयकलगायतका कुराहरुमा प्रधानमन्त्री ओलीले राष्ट्रियताको सवालमा चट्टानी अडानका साथ भारतसँग नझुकेका कारण राजिनामा मागिएको बताउँदै भारतीय दलालहरुलाई कठालो समातेर सडकमा ल्याएरै छोड्ने उद्घोषका साथ युवाहरु कोरोनाको संक्रमणको उच्च जोखिम मोलेर भएपनि आफ्नो ज्यानलाई बाजी मार्दै सडकमा होमिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना