जेठ २८, काठमाडौं । आज साँझ ५ बजे मन्त्रिपसिषद्को वैठक बस्दै छ । उक्त बैठकद्दारा सिएमसीले तयार पारेको लकडाउन खोल्ने मेडेलहरुमा छलफल गरि पास गर्ने बताइएको छ ।सरकारले पाँच चरणमा लकडाउन खोल्ने प्रस्ताव तयार पारेको छ । कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले पाँच चरणको प्रस्ताव तयार पारेको छ । मन्त्रिपरिषद्लाई यसअघि नै उपलब्ध गराएर प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरिएको प्रस्तावमा पाँच चरणमा लकडाउन खोल्न सकिने बताइएको छ ।
सीसीएमसीले प्रस्ताव गरेको मोडालिटी, जसलाई उनीहरूले जर्जिया मोडालिटी भनेका छन्, त्यसमा पहिलोे चरणमा असार १ गतेदेखि निजी कार, एवम् ट्याक्सी सेवा, डेलिभरी सर्भिस, ओपन एयर मार्केट, कृषि क्षेत्र खुला गर्न प्रस्ताव गरिएको छ ।
स्रोतका अनुसार ४० प्रतिशत यात्रु राखेर आन्तरिक उडान सुरु गर्न सकिने सीसीएमसीको मोडालिटी छ ।
दोस्रो चरण असार १५ गतेदेखि निर्माण क्षेत्र खुला गर्न प्रस्ताव गरिएको छ । दोस्रो चरण नाम दिएको यो अवधिमा निर्माण सामग्रीको उत्पादन, कार वास सेन्टरहरू, अटो सर्भिससँग सम्बधित सम्पूर्ण सेवा सुचारु गर्न सकिने सीसीएमसीको प्रस्ताव छ । तेस्रो चरण, असार २९ गतेदेखि सपिङ मलबाहेकका खुद्रा एवम् होलसेल, प्रकाशन गृहहरू, खुला बजार क्षेत्र (भृकुटी मण्डप, कालिमाटी तरकारी बजार जस्ता स्थानहरू पूर्णतः खुला गर्न सकिने प्रस्ताव छ ।
चौथो चरण, साउन १२ गतेदेखि सपिङ मल, रेस्टुराँ, बैंक, एवम् वित्तीय सेवा, ब्युटि सैलुन आदि खोल्न प्रस्ताव गरिएको छ । पाँचौं चरण, साउन २६ गतेदेखि क्याटरिङ, पार्टी प्यालेस, धार्मिक क्षेत्र, अनसाइट रेस्टुराँ एवम् होटलसँग जोडिएका सेवा क्षेत्र खोल्न प्रस्ताव गरिएको सीसीएमसी स्रोतले बाह्रखरीलाई बतायो ।
त्यसपछि संक्रमणको लकडाउनलाई अन्त्य गर्न सुझाव दिइएको छ । तत्पश्चात् मनोरञ्जन, खेल, होटल र शैक्षिक संस्था खुला गर्न प्रस्ताव गरिएको सीसीएमसीका एक सदस्यले जानकारी दिए । मन्त्रिपरिषद्ले यही प्रस्तावलाई आज कार्यरूप दिने सीसीएमसी स्रोतले बतायो ।
काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण
जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा