May 20, 2020

संक्रमित ५० जना प्रहरी क्वारेन्टाइनमा

 

प जेठ ७, काठमाडाैं। फ्रन्टलाईनमा काम गर्नेमध्ये नेपाल प्रहरी कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार बुधबार बिहानसम्म ६ जना प्रहरी कोरोना सङ्क्रमित भएका छन्।

बुधबार बिहान कालिमाटी वृत्तमा कार्यरत दुई जना प्रहरीमा कोरोना पुस्टी भएपछि सङ्ख्या थपिएको हो। उक्त वृतमा २ सय १४ जना प्रहरी कर्मचारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सङ्क्रमित भेटिएपनी वृतमा उच्च साबधानी अपनाइएको छ।

नेपाल प्रहरीका प्रवक्ता निरज शाहिका अनुसार काठमाडौंमा २ जना, कपिलवस्तुमा २ जना, बारामा १ जना र धनकुटामा १ जना गरी ६ जनामा कोरोना पुष्टि भएको हो। कार्यालयहरुमा कोरोना पुष्टि भएपछि हेडक्वाटरले प्रोटोगल अनुसार सुरक्षा अपनाउन सबै कार्यालयहरुलाई आग्रह गरेको प्रवक्ता शहिले बताए।

उनले भने, ‘हामिले सक्दो पिपिई र मास्क पठाइसकेका छौं, ‘खाना खादा वा ड्युटी गर्दा आफ्नो जोखिम ख्याल गर्न सबै प्रहरीलाई भनेका छौँ, यति गर्दा पनि भयो भने क्वारेन्टाइनमा राख्छौं।’

उनले सङ्क्रमित प्रहरीलाई राख्नका लागी क्वारेन्टाइन र आइसुलेसन तयार भएकाले त्यही राख्न सकिने बताए। जोखिम बढेपछि बिदा बसेर वा सरुवा भएर आएका प्रहरीलाई आआफ्नो कार्यालयको क्वारेन्टाइनमा राख्ने ब्यवस्था गरिएको छ। अहिले ५० जना हाराहारी प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।