May 19, 2020

कोरोना संक्रमणबारे जान्नैपर्ने कुराहरु:डा. रबिन्द्र

 

  •  डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर कस्तो छ ? हाम्रो समाजमा चलेका हल्ला कति साँचो हुन् ? यी र यस्ता बिषयलाई सरल भाषामा प्रस्तुत गरेको छु |
– अधिकांश कोरोना संक्रमित महिलाले जन्माएको शिशुलाई कोरोना संक्रमण देखिएको छैन | पाठेघरमा स्थित एम्नियोटिक फ्लुइड, आमाको दुध आदिबाट शिशुलाई कोरोना सर्दैन | कोरोना स्वाश्प्रश्वास भाइरस भएको हुँदा शिशुको नाक, मुख तथा आँखातिर फर्केर खोकेमा, हाच्छ्यु गरेमा तथा असुरक्षित संसर्ग भएमा शिशुलाई कोरोना संक्रमण सर्न सक्छ | तर सबैलाई सर्दैन | नवजात शिशुलाई जन्मिएपछि आमाबाट अलग राख्नु सुरक्षाको प्रमुख उपाय हो |

– अहिलेसम्म लामखुट्टे, झिंगा आदिबाट कोरोना भाइरस सरेको देखिएको छैन | कोरोना भाइरस स्वाश्प्रश्वासजन्य भाइरस भएकोले लामखुट्टे / झिंगाको टोकाइबाट सर्दैन |

– खानाबाट कोरोना भाइरस सर्ने सम्भावना कम हुन्छ | कोरोना भाइरसलाई न्यून र फ्रिजिंग तापक्रम अनुकुल हुने भएकोले खानेकुरालाई सरसफाई गरेर सुरक्षित ढंगले सेवन गर्दा कोरोना भाइरस सर्ने सम्भावना न्यून हुन्छ |

– स्यानिटाइजरभन्दा साबुनपानीले हात धुनु निकै प्रभावकारी हुन्छ |

– मास्क सहि तरिकाले नलगाएमा कोरोना संक्रमण सर्ने डर हुन्छ | त्यसैले सहि तरिकाले मास्क लगाउने, मास्क तथा अनुहारलाई नछुने, एकपटक प्रयोग गरेको मास्क पून : प्रयोग नगर्ने एबम मास्कलाई सुरक्षित ठाउँमा बिसर्जन गर्ने अभ्यास गर्नुपर्दछ |

– संक्रमित व्यक्तिले छुंदैमा तथा छोंटो कुरा गर्दैमा कोरोना भाइरस सर्दैन | कोरोना भाइरस सर्नको लागि १००० – ३००० भाइरस हाम्रो शरीरमा प्रवेश गर्न आबश्यक हुन्छ | यसको लागि या त संक्रमित व्यक्तिले हाम्रो अनुहारतिर फर्केर खोक्नुपर्ने हुन्छ वा छ्युं गर्नुपर्ने हुन्छ | अन्यथा छोंटो समयको सम्पर्कले कोरोना भाइरस सर्दैन |

– कोरोना भाइरस हावाबाट सर्दैन | ६ फिटको दुरी कायम गरेमा कोरोना सर्ने सम्भावना एकदम न्यून हुन्छ | हाम्रो थुक्ने बानी, मान्छेतिर फर्किएर खोक्ने बानी, हाच्छ्यु गर्ने बानी तथा सिगान फाल्ने बानीले कोरोना भाइरस सर्ने सम्भावना हुन्छ |

– कमन सौचालय प्रोग गर्दा कोरोना संक्रमण सर्ने सम्भावना हुन्छ | यो जोखिमबाट बचनको लागि सौचालयको ह्यान्डल, तालाचापी, चुकुल, भित्तो, सतह, प्यान वा कमोड पटकपटक संक्रमणरहित बनाउनुपर्छ | साबुनपानी, क्लोरिन पानी, स्प्रिट कपास, लाइसोल आदिले सौचालय सफा गर्नुपर्दछ | त्यस्तै ट्वाइलेट फ्लस गर्दा ढकन लगाएर गर्नुपर्दछ |

– चीनमा भएको अध्ययनले देखाएको छ कि फ्यान ( पंखा ) वा एसिले कोरोना भाइरसलाई १० फिटसम्म फ्याँक्न सक्छ | अमेरिकामा भएको अध्ययनले पनि एसिको एक्जिट कर्नर असुरक्षित हुने भनेको छ | तसर्थ संक्रमित भएको ठाउँमा पंखा र एसिलाई सावधानीपूर्वक प्रयोग गर्नुपर्दछ | संक्रमित नभएको परिवारमा पंखा र एसिले हानि गर्दैन |

– धेरै सुचना लिएर कोरोनाबाट बच्न सकिंदैन | धेरै मेडिया हेर्दा तथा सुन्दा थप चिन्ता र तनाब हुन्छ | तसर्थ आधारिक सूचना लिने बानी गर्नुपर्छ | टेलिभिजन तथा सामाजिक संजाल धेरै हेर्दा ह्यांग हुन्छ | जसले थप तनाब उत्पन्न हुन्छ |
.
– कोरोना संक्रमण भएको दिनदेखि नै अरुलाई रोग सर्न सक्छ | त्यस्तै निको भएपछि पनि २ हप्ता होम क्वारेन्टाइनमा बस्नुपर्दछ |

– एकजना व्यक्तिले औसत ३ जनालाई संक्रमण सार्न सक्छ | कन्ट्याक्ट ट्रेसिंगको आधारमा यो औसत निकालिएको हो | १-२ जनलाई संक्रमण भएका परिवारमा परिवारका सबै सदस्यलाई संक्रमण सर्दैन | एउटा क्वारेन्टाइनमा बसेका सबैलाई सर्दैन | कोरोना संक्रमण सर्नको लागि धेरै संयोग र जोखिम मिल्नुपर्ने हुन्छ | त्यस्तै रोगप्रतिरोधात्मक क्षमता हरेक व्यक्तिको अलग अलग हुन्छ |

– बालबालिका जोखिम बर्गमा पर्दैनन् | तर उनीहरुबाट आफ्नो घरका जोखिम उमेरका व्यक्तिलाई संक्रमण सार्न सक्छन |

– कोरोना संक्रमण भएको व्यक्तिमा ज्वरो, खोकी, सास फेर्न गाह्रो हुने लगायतका लक्षण हुनै पर्छ भन्ने छैन | हाल लक्षणविहिन कोरोना संक्रमण धेरै देखिएको छ | त्यसैले ट्राभल हिस्ट्री र कन्ट्याक्ट हिस्ट्री हेर्नुपर्ने हुन्छ |

– कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा बस्नुपर्छ भन्ने अनिबार्य छैन | अधिकांश देशमा संक्रमितलाई आफ्नै घरमा आइसोलेसनमा राख्ने गरिन्छ | आराम गर्ने, झोलिलो खाना प्रशस्त खाने, ज्वरो आएमा पारासिटामोल खाने तथा अरु परिवारसंग दुरी कायम गर्दा ८५ % संक्रमितलाई निको हुन्छ | लक्षणहरु देखिएमा तथा गाह्रो भएमा तुरुन्त अस्पताल भर्ना भएर उपचार गर्नुपर्छ |

– कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन | ८५ % संक्रमितमा सामान्य लक्षण देखिएर आफै निको हुन्छ | मुटुको रोग, किड्नीको रोग, फोक्सोको रोग, अटोइम्युन डिस्अर्डर, क्यान्सर आदिका दीर्घरोगीलाई मात्र जोखिम हुन्छ | मृत्युदर जम्मा ३ % हुन्छ |

– कोरोना भाइरस अत्यन्तै घातक भाइरस हैन | सार्स, मर्स, इबोला, प्लेग, बिफर लगायतका रोगभन्दा यो निकै कम घातक छ |

– संक्रमण फैलिएको यो अवस्थामा सेवन गरिरहेका औषधि तथा नबिग्रिने खाध्य पदार्थ २-३ महिनाको स्टोर गर्ने, तरकारी फलफुल हप्ताको एकपटक किन्ने, दुध २ दिनमा एकपटक किन्ने गर्दा थप सुरक्षित हुन सकिन्छ |

– कोरोना भाइरस मार्नको लागि सोडा, एसिड, अल्कोहल, स्टेरोइड औषधि, इथानोल, तेल आदिले कुल्ला गर्ने वा निल्ने गरेमा खतरा हुन्छ | तसर्थ सरसफाई, सामाजिक दुरी र बाहिर एकदम कम समय जाने जस्ता सुरक्षित अभ्यासले कोरोना संक्रमणबाट बच्न सकिन्छ |

– हावा ओहोरदोहोर गर्ने ठाउँमा यो भाइरस लामो समय रहँदैन | साबुनपानी, स्प्रिट कपास, तथा स्यानिटाइजरले सफा गर्दा सतहमा वा सामानमा भाइरस निस्क्रिय हुन्छ |

– नेपालमा मृत्यु भएको पहिलो बिरामीलाई सुरुमा PCR Test गरेर प्रसव गराएको भए आइसीयुमा राखेर बचाउन सकिन्थ्यो | दोस्रो केसको हकमा पनि सुरुमा test गरेर अस्पताल पुर्याएको भए, झाडापखाला हुँदा जीवनजल / सलाइन दिएको भए वा अस्पताल पुर्याएको भए बचाउन सकिन्थ्यो |

– संक्रमण धेरै फैलिएर हाम्रा अस्पतालले थेग्ने अवस्था नभएमा हामीले बिभिन्न राष्ट्र तथा संस्थाबाट सहयोग पाउनेछौं | चीन लगायत धेरै देशमा कोरोना संक्रमण काबुभित्र आइसकेको छ | यो महामारीमा एक देशले अर्को देशलाई सहयोग गरिरहेका छन् |

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।