५३ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३५७

जेठ ५,काठमाडौं : नोभेल कोरोना भाइरसका ५३ जना संक्रमित थपिएका छन् । 

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा बाँकेमा ४६ जना परुष र एक महिला गरी ४७ जना भेटिएका छन् ।

विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका एकजना पुरुष, भैरहवाको प्रयोगशालामा एक जना गुल्मीका पूरुष, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा धनुषा, रौतहट, धादिङ र दाङका चारजना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।

आज कोरोना देखिनेमा १८ देखि ४७ वर्षको उमेर समूहका रहेका छन् । 

यसअघि सोमबार ९ जनामा कोरोना पुष्टि भएको थियो । सोमबार मात्रै कोरोना पुष्टि हुने ६२ जना रहेका छन् । 

सोमबार १७० जनाको नमुना संकलन गरी कोरोना परीक्षण भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । 

पछिल्लो २४ घण्टामा कोरोना भाइसको आशंकामा ३ हजार ५५८ जनाको नमुना परीक्षण गरिएको जनाएको छ । आज देशैभरका आइसोलेसनमा ४ सय १२ जना रहेका छन् जसमा काठमाडौ उपत्यकामा २६ जना रहेका भने उपत्यका बाहिर ३ सय ८६ जना रहेका मन्त्रालयले जनाएको छ ।

आज देशैभरका क्वारेन्टाईनमा २० हजार ९० जना रहेका छन् । 

हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या ३६ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।