
वैशाख १९ , काठमाडौं। नेपालमा थप दुई जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरु बाँके र रुपन्देहिका हुन्। रुपन्देहिका २५ र बाँकेको नेपालगञ्जका ६० वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको सह–प्रवक्ता अधिकारीले विज्ञप्तिमार्फत् जानकारी दिएका हुन् । नयाँ क्रमित दुबैको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ। ती मध्ये १६ जना उपचारपछि ठिक भइसकेका छन्।
नेपालमा अहिले २३,००० जनाभन्दा बढी मानिस क्वारेन्टाइनमा छन्। तीमध्ये सर्वाधिक प्रदेश नं ५ मा छन्। अहिलेसम्म सातमध्ये कर्णालीबाहेक छवटा प्रदेशमा सङ्क्रमित फेला परेका छन्। स्वास्थ्य मन्त्रालयले अहिलेसम्म पीसीआर विधिबाट १२,००० भन्दा बढी परीक्षण गरिएको जनाएको छ।
सबैभन्दा बढी सङ्क्रमित व्यक्ति प्रदेश नं एक र त्यसपछि प्रदेश नं २ मा छन्। स्वास्थ्य मन्त्रालयका अनुसार अहिले ८० जनालाई चिकित्सकीय निगरानीमा अलग्गै राखेर उपचार गरिँदैछ।

काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।