April 18, 2020

कोरोनाको युद्ध जितेर घर फर्किइन् दोस्रो संक्रमित युवती

प्रकाशित : २०७७ वैशाख ६ गते 

काठमाडौं । नेपालकी दोस्रो कोरोना संक्रमितको पूर्ण रुपमा निको भएर अस्पतालबाट डिस्चार्ज भएकी छन् । उनमा गत चैत्र १० गते कोरोना पोजेटिभ देखिएको थियो ।

कोरोना पोजेटिभ देखिएसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएकी उनको कोरोना रिर्पोट नेगेटिभ भएसँगै आज शनिबार डिस्चार्ज भएकी हुन् ।

कोरोनाको उपचार पछि घर फर्किएकी युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा ट्रान्जिट हुँदै काठमाडौं आएकी थिइन् ।

उनीसँगै कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा नेपाल आएका बागलुङका अन्य दुई जना नेपालीमा पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।

उनीहरुको हाल धौलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको छ।

यो समाचार तयार पार्दासम्म नेपालमा ३० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पहिलो संक्रमित यसअघि नै सफल उपचारपछि घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।