चैत ३, काठमाडौं : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालस्थित अमेरिकी राजदूतावासले डाइभर्सिटी भिसा र गैरआप्रवासी भिसा अप्वइन्टमेन्ट रद्द गर्ने निर्णय गरेको छ ।

चैत ४ गते मंगलबार अर्थात् भोली देखि लागू हुनेगरी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू रद्द गरेको हो । दूतावसले भन्यो,‘हामी जतिसक्दो चाँडो भिसा सेवा पुनर्सञ्चालन गर्नेछौँ तर यस बखत भने निश्चित समय तोक्न असमर्थ छौँ।’
दूतावासले भिसा रद्द भए पनि एमआरभी शुल्क भुक्तानी गरिएको मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहने जानकारी समेत दिएको छ।
कुनै आपतकालीन अवस्था छ भने तत्काल दूतावासमा सम्पर्क गर्न र दूतावासले तोकेको मापदण्डअनुसार आपतकालीन अप्वइन्टमेन्टको लागि प्रक्रिया अघि बढाउन दूतावासले भनेको छ ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।