कोरोना भाइरस:विश्वभर मर्ने को संख्या ३१६८, ९३ हजार भन्दा बढी संक्रमित !

काठमाडौँ, २१ फाल्गुन । कोरोना भाइरसका कारण हालसम्म विश्वभर ३१६८ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार संक्रमितहरुको संख्या ९३ हजार नाघेको छ । ८० देशमा फैलिएको यो भाइरसले पछिल्लो समय चीनभन्दा पनि विश्वका अन्य देशहरुमा कहर मच्चाइरहेको छ ।

चीनमा विस्तारै यो भाइरसमाथि नियन्त्रण लिने प्रयास सफल हुँदै आएको बताइएको छ । चीनमा कोरोना भाइरसका कारण मर्नेहरुको संख्या २९४५ पुगेको छ भने संक्रमितहरुको संख्या ८० हजार १५२ रहेको छ ।

तर, इटादी, इरान र दक्षिण कोरियामा यो भाइरस तीब्र रुपमा फैलिएको छ । इटालीमा हालसम्म ७९ जनाको मृत्यु भएको छ । त्यस्तै इरानमा ७७ जनाको मृत्यु भएको छ । दक्षिण कोरियामा ३४ जनाको मृत्यु भएको छ ।

त्यस्तै दक्षिण कोरियामा संक्रमितहरुको संख्या पाँच हजार नाघेको छ । त्यस्तै इटालीमा २५५२ र इरानमा २३३२ जना संक्रमित फेला परेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का