February 29, 2020

५५ अर्बको लोभमा एमसीसी पारित गरिदैन : प्रचण्ड

सिन्धुपाल्चोक : फागुन १७, सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले ५५ अर्व रुपैयाँ पाइन्छ भन्दैमा राष्ट्रिय हित प्रतिकूल हुने गरी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पारित नगरिने बताएका छन् । प्रेस संगठन, नेपाल’ को सिन्धुपाल्चोक जिल्ला संगठनले सुकुटेमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा पत्रकारहरुले राखेको जिज्ञाशाको उत्तर दिँदै प्रचण्डले उपरोक्त कुरा बताएका हुन् ।

त्यस्तै एमसीसी संशोधन गरेर भने पास गर्न सकिने बताए । प्रचण्डले भने, एमसीसी संसोधन हुन नसक्ने भनेर कसैले भन्यो भने त्यो सत्य होइन । संशोधनै गर्न नमान्ने भन्ने भयो भने चाहिँ ५५ अर्बका निम्ति नेपालले आफ्नो राष्ट्रिय हितलाई गलत ढंगले कम्प्रोमाइज गर्दैन । ‘एमसीसी सम्झौता संसोधन हुनै नसक्ने बाइबल होइन’ भनेर आफूहरुले लगातार भनिरहेको बताउँदै प्रचण्डले थपे, ‘एमसीसी कुनै संशोधन हुनै नसक्ने, कमा–फुलिस्टफ फेर्नै नपाइने भन्ने होइन ।

यो भन्दा अगाडि पनि दुई चोटि संशोधन भइसकेको छ बताए । एमसीसी सम्झौता अन्तर्गत नेपालले प्राप्त गर्ने भनिएको रकमलाई धेरै ठूलो उत्पातै ठूलो रकम हो भनेर भन्नु जरुरी नरहेको पनि उनले बताए । भने, ‘हाम्रो राष्ट्रिय हित मुख्य कुरा हो, नेपालको हितसँग ‘कन्ट्र्या्डिक्ट’ गर्ने (बाझिने) कुरा छन् भने तिनलाई परिमार्जन गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित