February 20, 2020

संचारमन्त्रीले ७० करोड बार्गेनिङ्ग गरेको दावीसहितको अडियो सार्वजानिक (सुन्नुहोस् अडियो)

 फागुन ८, काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आर्थिक लेनदेनको विषयमा डिलिङ्ग गर्दै गरेको एउटा अडियो टेप सार्वजानिक भएको छ । युट्युवमा सार्वजानिक गरिएको सो अडियो रेकर्डमा मन्त्री बाँस्कोटाले स्वीजरल्याण्डको राजदूतावाससँग सम्बन्धी प्रसंग जोड्ने एक व्यक्तिसँग गरेको कुराकानीमा आर्थिक लेनदेनको प्रसंग उल्लेख गरिएको छ।

१२ गते १२ बजेपछि स्वीस एम्बेसी भेट्न आउने र उसलाई मन्त्रीले समय दिनुपर्ने प्रसंगबाट शुरु भएको टेलिफोन कुराकानीमा के का लागि मन्त्री बाँस्कोटाले  ७० करोड रकम माग गरेका हुन् भन्ने कुराचाहिं स्पष्ट छैन। तर, एमओयु गर्ने कि भन्ने प्रसंग कुराकानीमा उल्लेख भएकाले कुनै खरिदसँग सम्बन्धित कुरा हुनसक्ने आंकलन गर्न सकिन्छ।

छलफलका लागि स्वीस राजदूतले छुट्टै छलफल गर्न चाहेको जानकारी मन्त्रीसंग पैसाको डिल गर्दै गरेका व्यक्तिको भनाइमा उल्लेख छ । मसिनको कुरा गरिएकाले संचारमन्त्रालय अन्तर्गत कुनै मसिन खरिदको प्रसंगमा चलेको बार्गेनिङ्ग हुनसक्ने देखिन्छ ।

२५ देखि ३० अर्बसम्मको प्रोजेक्टमा कतिसम्म आउँछ भन्ने मन्त्रीको आवाजले उनी बार्गेनिङ्गमा सामेल भएको देखाउँछ। मन्त्रीसँग डिलिङ्ग गरिरहेका व्यक्तिले ७० करोड रकम आउने बताएपछि मन्त्रीले तपाईं (ती व्यक्ति) लाई छुट्टै कति आउँछ भन्ने प्रश्न गरेको अडियो विवरणमा ती व्यक्तिले जम्मा ७४ करोड रकम आउने उल्लेख गरेका छन्।

हाम्रा कुरा डट कमका तर्फबाट मध्यराति युट्युवमा अपलोड गरिएको सो अडियोमा मन्त्रीसँग डिलिङ्ग गरिरहेका व्यक्तिको परिचय कतै खुल्दैन । तर, हाम्राकुरा डटकमले भने ती व्यक्ति स्वीस कम्पनीका नेपाली एजेण्ट विजयप्रकाश मिश्र शर्मा रहेको उल्लेख गरेको छ।

जम्मा २ मिनेट ३५ सेकेण्डको सो अडियोमा बोल्ने व्यक्ति उनै शर्मा हुन् कि होइनन् भन्ने स्वतन्त्र पुष्टि हुन सकेको छैन। सो वेभसाइटले सेक्युरिटी प्रिन्टिङ्ग प्रेसको मसिन खरिदका प्रसंगमा ७० करोड बार्गेनिङ्ग गरेको त्यसका सम्पादक अजयबाबु शिवाकोटीको वाइलाइनमा प्रकाशित समाचारमा उल्लेख छ ।

अडियो सुन्न तलको लिंकमा क्लिक गर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित