काठमाडौं, माघ १४ : प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग भएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता छिट्टै अनुमोदन गर्ने बताएका छन्।

नवनिर्वाचित सभामुखलाई बधाई दिनका लागि मंगलबार प्रतिनिधिसभामा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले संसदमा थाती रहेको एमसीसी छिटो पारित गर्न नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटासँग आग्रह गरेका हुन्।
‘हामीले धेरै अगाडिदेखि विभिन्न चरणहरुबाट पार गर्दै, ६–७ जना प्रधानमन्त्रीहरुकाे कार्यकाल गुजार्दै अगाडि बढेको र अहिले संसदसमक्ष अनुमाेदनका लागि प्रतिक्षा गरिरहेकाे एमसीसी प्रस्ताव छिटै पारित गर्नुछ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसबारे म पछि पनि सविस्तार धारणा राख्नेछु।’
उनले एमसीसीलगायत अन्य विभिन्न विधेयकहरु पनि तीव्रताका साथ पारित गर्नुपर्नेमा जोड दिए।
‘अलिकति विलम्ब भइसकेका छौं। सभामुख चयनमा विलम्ब भइसक्यौं’ उनले भने, ‘अब सरकार र संसद दुवैले कामहरुलाई तीव्र गतिमा अगाडि बढाउनुपर्छ, नत्र हामी पछाडि पर्छौं।’
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।