
२०७६ माघ ३ ,काठमाडौं। सपरिवार त्रिशूलीमा हाम्फालेर आत्महत्याको प्रयास गरेर बाँचेका विनय लामिछानेले व्यवसायमा घाटा र ठूलो परिमाणम ऋण लागेपछि आत्महत्याको प्रयास गरेको प्रहरीसमक्ष बयान दिएका छन् । उनले सपरिवार मर्ने प्रयास गरेको बताए ।
उनले श्रीमती २८ वर्षकी जमुना रेग्मी लामिछाने, २ वर्ष र ६ महिनाका दुई छोरासहित धादिङको बेनिघाट रोराङ–१ स्थित झोलुंगे पुलबाट बिहीबार साँझ हाम्फालेका थिए । उनलाई स्थानीयले जीवितै उद्धार गरेका थिए । उनकी श्रीमतीको शव भेटिएको छ भने दुई नाबालक छोरा बेपत्ता छन् ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका नगरपालिका–५ थानकोट निवासी विनय लामिछानेको घरमा सुसाइड नोडसमेत भेटिएको छ । इलाका प्रहरी कार्यालय गजुरीका प्रवक्त डिएसपी खगेन्द्र खड्काले सुसाइड नोट भेटिएको पुष्टि गरे ।
‘सुसाइड नोटमा उनले आफूले तिर्नुपर्ने ऋणको सबै विवरण समेत लेखेका छन् । लेखिएको ऋण डेढ–दुई करोडजति नै छ’ डिएसपी खड्काले डिसीनेपालसँग भने ‘एकै जनालाई ५० लाखसम्म तिर्नुपर्ने समेत छ ।’
अहिले गजुरी इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका लामिछानेले अनलाइन बिजनेसमा घाटा भएपछि परिवारै मर्ने निर्णय गरेर त्रिशूली नदीमा हामफालेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको डिएसपी खड्काले बताए ।
लामिछानेको कमोडिटी अनलाइन बिजनेस छ जसमा उनलाई ठूलो घाटा भएको थियो । अनुसन्धान जारी भएकोले अहिले नै सबै कुरा खुलिनसकेको डिएसपी खड्काले बताएका छन् । अहिले वर्षा भइरहेको तथा त्रिशूली नदीको पानी धमिलो भएकाले दुई बच्चाको खोजी गर्न गाह्रो भइरहेको डिएसपी खड्काले जानकारी दिए ।
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा