January 6, 2020

ट्रम्पको टाउकोको मूल्य तोकियो, जसले मार्न सक्छ उसलाई १० अर्ब !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकोको मूल्य तोकिएको छ । इरानी जनरल कासिम सुलेमानीको अन्तिम संस्कारको क्रममा यो मूल्य तोकिएको हो । इरानले ट्रम्पको टाउकोको मूल्य ८० मिलियन डलर (करिब १० अर्ब नेपाली रुपैयाँ) तोकिएको बेलायती मिडिया मिररको एक रिपोर्टमा उल्लेख छ ।

जनरल सुलेमानीको अन्तिम संस्कार टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो । यस क्रममा इरानको आधिकारिक प्रसारकले प्रत्येक इरानी नागरिकले एक डलर जम्मा गर्ने घोषणा गरेका छन् । यो रकम ती व्यक्तिलाई दिइनेछ जसले अमेरिकी राष्ट्रपति ट्रम्पको हत्या गर्नेछन् । २०१७ को तथ्यांकअनुसार इरानको कूल जनसंख्या ८ करोड ११ लाख ६० हजार छ । ती सबैले १–१ डलर रकम जम्मा गर्नेछन् ।

‘इरानको जनसंख्या ८० मिलियन छ। इरानी जनसंख्याको आधारमा हामीले ८० मिलियन डलर डलर जम्मा गर्न चाहन्छौं । यो रकम ती व्यक्तिलाई पुरस्कारस्वरुप दिइनेछ जसले अमेरिकी राष्ट्रपति ट्रम्पको अन्त्य गर्न सक्नेछन्’ जनरल सुलेमानीको अन्तिम संस्कारको क्रममा यस्तो घोषणा गरिएको थियो । इरानी कुद्स फोर्सका कमाण्डर मेजर जनरल सुलेमानीलाई शुक्रबार बिहान अमेरिकाले ड्रोन आक्रमणमा मारिदिएको थियो ।

जनरल कासिम सुलेमानीको शव आइतबार इरान पुगेको थियो । आइतबार तेहरानमा सुलेमानीको शवयात्रामा विशाल जुलुस निस्किएको थियो । जुलुसको सुरुवात अहवाजबाट भएको थियो । अहवाजमा हजारौंको संख्यामा इरानीहरु जम्मा भएका थिए । उनीहरुले अमेरिका, इजरायल र साउदी अरबविरुद्ध नारा लगाए । इजरायल र साउदी इरानका क्षेत्रीय दुश्मन हुन् र उनीहरु पनि वर्षौंदेखि सुलेमानीको हत्या गर्न प्रयासरत थिए ।

सुलेमानीको पार्थिव शरीरसँगै इराकको पपुलर मोबिलाइजेशन फ्रन्टका डेपुटी कमाण्डर अबु महदी अल मुहान्दिसको शव पनि इरान ल्याइएको थियो । उनको शव डीएनए परीक्षणको लागि ल्याइएको थियो । अबु महदी पनि अमेरिकी आक्रमणमा सुलेमानीसँगै मारिएका थिए । मुहान्दिस इराकको पपुलर मोबिलाइजेशन फ्रन्टका सेकेण्ड इन कमाण्ड थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने लगातार इरानलाई धम्की दिइरहेका छन् । आफ्नो टाउकोको मूल्य तोकिएपछि पनि उनले ट्वीट गर्दै इरानले अमेरिकी प्रतिष्ठान वा नागरिकलाई कुनै क्षति पुर्याएमा तत्कालै खतरनाक जवाफ दिइने बताए । ट्रम्पले अमेरिकाले सैन्य उपकरणमा मात्र २ ट्रिलियन डलर गर्च गरेको बताउँदै आफूहरु संसारमा सबैभन्दा ठूलो र सबैभन्दा राम्रो भएको समेत बताए । ट्रम्पले एकपछि अर्को गर्दै लगातार ट्वीट गरिरहेका छन् । उता इरानले पनि २०१५ मा भएको परमाणु सम्झौताको कुनै पनि शर्तको बन्धन अब आफूले नमान्ने घोषणा गरिसकेको छ । इरानको घोषणासँगै अमेरिकासँग उसको तनाव अझै बढ्ने अनुमान गरिएको छ ।

शुक्रबार अमेरिकाले इरानी जनरल कासिम सुलेमानीको हत्या गरेसँगै इरानले अमेरिकासँग बदला लिने चेतावनी दिएको थियो । लगत्तै शनिबार र आइतबार राती इरानले लगातार बगदादमा अमेरिकी दूतावास र बलाद एयरबेसमा रकेट आक्रमण गर्यो । यो आक्रमणपछि अमेरिका पनि आक्रोशित भयो र खुलेर मैदानमा आयो । अमेरिकी राष्ट्रपटि ट्रम्पले आफ्नो सेनाले ५२ इरानी बेसको पहिचान गरिसकेको बताउँदै इरानले अमेरिकालाई नोक्सान पुर्याउने काम गरेमा यी ५२ वटै बेस उडाइदिने धम्की दिए । फ्लोरिडामा विदा मनाइरहेका अमेरिकी राष्ट्रपटि ट्रम्पले त्यहीँबाट इरानलाई धम्की दिन सुरु गरेका थिए ।

ट्रम्पको धम्कीसँगै इरान सक्रिय भएको छ । मध्यपूर्वमा इरान पनि कम शक्तिशाली छेन । मध्यपूर्वमा इरान समर्पित प्रोक्सी फोर्सले विनाश मच्चाउन सक्न्े अनुमान गरिएको छ । यमनमा इरानलाई हुती विद्रोहीको समर्थन प्राप्त छ । यस्तै लेबनानमा हिजबुल्लाह र इराकमा शिया मिलिसियाले इरानलाई समर्थन गर्छन् । युद्धको स्थिति आउन लागेपछि युरोपेली संघ सहित कैयौं देशहरुले शान्ति बहालीको अपिल गरेका छन् । युरोपेली संघका विदेश नीति प्रमुख जोसेफ बरेलले शनिबार तनाव घटाउनुपर्नेमा जोड दिए । उनले दुवै देशसँग शान्ति बहालीको अपिल गरेका छन् ।

इरानी विदेश मन्त्री मोहम्मद जावेद जरीफसँग बेल्जियमको राजधानी ब्रसेल्समा छलफल गरेपछि बरेलले ट्वीट गर्दै छलफलमा तनाव घटाउनेतर्फ जोड दिइएको जानकारी दिए । चीनका विदेशमन्त्री वांग यीले अमेरिकालाई सैन्य शक्तिको गलत प्रयोगमा नियन्त्रण गर्न सल्लाह दिएका छन् । वांग यीले रुसका विदेशमन्त्री सर्गेइ लावरोभसँग फोनमा यस विषयमा कुराकानी पनि गरेका छन् । यस क्रममा उनले सैन्य दुस्साहस कुनै पनि स्थितिमा स्वीकार्य नहुने बताएका थिए ।

सिरियाको विदेश मन्त्रालयले वक्तव्य जारी गर्दै इरान र इराकप्रति समवेदना व्यत्तिः गरेको छ । उसले वक्तव्यमा अमेरिकाको आलोचना गरेको छ । वक्तव्यमा इराकको अस्थिरताको कारण अमेरिका भएको आरोप लगाइएको छ । बतार र लेबनानको विदेश मन्त्रालयले पनि वक्तव्य जारी गरेर सम्बद्ध सबै पक्षहरुसँग संयमका साथ अगाडि बढ्न अपिल गरेका छन् । उनीहरुले मध्यपूर्वमा स्थिति नबिग्रियोस भन्नेतर्फ ध्यान दिन अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना