December 17, 2019

विद्या भट्टराईद्वारा शपथ ग्रहण

कास्की २ बाट निर्वाचित भट्टराईद्वारा शपथ ग्रहण

काठमाडौं, १ पुस । उपनिर्वाचनअन्तर्गत कास्की-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विद्या भट्टराईले आज (मंगलबार) पद तथा गोपनीयताको सपथ लिएकी छन् ।

सांसद भट्टराईलाई उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले पद तथा गोपनीयताको सपथ खुवाएकी हुन् । तुम्बाहाम्फेले संसद सचिवालयमा आयोजित एक समारोहमा भट्टराईलाई सपथ ग्रहण गराएकी हुन् ।

सभामुख नभएका कारण उपसभामुखबाट पहिलोपटक सांसदले सपथ ग्रहण गरेको संसद सचिवालयले जनाएको छ । सपथ ग्रहण समारोहमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेकपाका प्रमुख सचेतक देव गुरुङलगायतको उपस्थिति थियो ।

उपनिर्वाचनअन्तर्गत कास्की-२ मा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा भट्टराई निर्वाचित भएकी थिइन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार भट्टराईले ८ हजार ४०३ मतान्तरले चुनाव जितेकी हुन् ।

भट्टराईले २४ हजार ३ सय ९४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९९१ मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

खोटाङ अस्पतालमा जीवन जलसमेत भेटिएन : आयोग

खोटाङ, असोज २५  गते । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

क्यानडाबाट भारतीय भिसा बन्द भएको घाेषणा

ओटावा, असोज ४ गते । भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा)

भारतीयहरू नागरिकता लिन आएपछि वितरणमा कडाइ

 असार २८ गते । बुबाको पनि नागरिकता छ । त्यसको १० वर्षपछि आमाले पनि नागरिकता

ट्रेड युनियन महासंघ नेपाल टुकोन ललितपुर अध्यक्षमा पराजुली

२ वैशाख,ललितपुर । राप्रपा नेपाल निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को ललितपुर अध्यक्षमा जिबनकृष्न