
काठमाडौं, साउन १६ गते। आजको रात बागमती प्रदेशका पहाडी भेगमा भारी वर्षाको चेतावनी दिइएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर सामान्य बदलीको अवस्था रहने जनाउँदै, विशेषगरी बागमती, कोशी, गण्डकीलगायतका पहाडी क्षेत्रमा मेघगर्जनसहित तीव्र वर्षाको सम्भावना औंल्याएको छ।
दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भागमा तथा तराईका केही क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना छ। तर, आज राति बागमती प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा ‘भारी वर्षा’ हुने प्रबल सम्भावना रहेको भन्दै महाशाखाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
पूर्वानुमानअनुसार वर्षाका कारण भूक्षय, बाढी, गेग्रान बहाब, तथा सहरी र तराई क्षेत्रमा डुबानको खतरा बढेको छ। ठूला तथा साना नदी-नालामा पानीको सतह अचानक बढ्न सक्ने भएकाले नदी किनारमा बसोबास गर्ने समुदायलाई विशेष सतर्कता अपनाउन सुझाव दिइएको छ।
अत्यधिक वर्षाले दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, निर्माण, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने महाशाखाले जनाएको छ। जोखिम न्यूनीकरण र आपतकालीन तयारीका लागि सबै सरोकारवाला निकाय र आम जनतालाई तयारी अवस्थामा रहन अनुरोध गरिएको छ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज