पुस १, काठमाडौं । पाकिस्तानको एउटा विशेष अदालतले भूतपूर्व सैन्य शासक परवेज मुशर्रफलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको छ।
बीसीसी उर्दूका अनुसार उच्च अदातलका मुख्य न्यायाधीश पनि भएको तीनसदस्यीय इजलासले मङ्गलवार मुशर्रफलाई संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको हो।
उनलाई सन् २००७ नोभेम्बर ३ मा सङ्कटकाल घोषणा गरेकोमा देशद्रोहको मुद्दा लगाइएको डनले लेखेको छ। यो मुद्दा सन् २०१३ देखि विचाराधीन थियो।
पाकिस्तानी सञ्चारमाध्यमले यो आदेशलाई पाकिस्तानको इतिहासमै पहिलो भनेको छ।
सन् १९९९ मा रक्तहीन सत्तापलट गरेर सेनाप्रमुख परवेज मुशर्रफले नवाज शरिफबाट सत्ता आफ्नो हातमा लिएका थिए।
डन पत्रिका लेख्छः ‘उच्च अदालतका प्रधान न्यायाधीश वकार अहमद सेथको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले मङ्गलवार लामो समयदेखि चलेको देशद्रोहको मुद्दामा पूर्वसैन्य शासकलाई मृत्युदण्डको सजाय सुनाएको हो।’ मुद्दाको सुनुवाइ हुँदाहुँदै मुशर्रफ सन् २०१६ मार्च महिनामा यूएईको दुबई गएका थिए।
उनको अहिले त्यहाँ उपचार भइरहेको छ।
केही दिनअघि उनले एउटा भिडिओ सन्देश पठाएर आफ्नो स्वास्थ्य बिग्रिएको भन्दै मुद्दा हेरिरहेको निकायलाई आफ्नो स्थिति हेर्न आउन आग्रह गरेका थिए। संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दाबारे टिप्पणी गर्दै उनले आफूविरुद्ध लागेको आरोपको खण्डन गरेका थिए। ‘मैले यो देशका धेरै सेवा गरेको छु, युद्ध गरेको छु,’ उनले भनेका थिए।
मुशर्रफ सन् २००१ देखि २००८ सम्म पाकिस्तानका राष्ट्रपति थिए। सन् २००८ मा राजीनामा गरेर उनी चार वर्ष निर्वासनमा बसे।
सन् २०१३ मा निर्वाचनमा सहभागी हुने उद्देश्यसहित उनी नाटकीय रूपमा पाकिस्तान फर्किए। तर उनको निर्णय प्रत्युत्पादक प्रमाणित भयो। उनलाई निर्वाचनमा उठ्न दिइएन भने उनको अल पाकिस्तान मुस्लिम लीगले नराम्रो पराजय भोग्यो।
कसरी भयो निर्णय ?
द न्यूजका अनुसार मुशर्रफलाई पाकिस्तानको संविधानको धारा ६ अनुसार दोषी ठहर गरिएको हो। द एक्सप्रेस ट्रिब्यूनका अनुसार तीनमध्ये दुई न्यायाधीश मृत्युदण्डको पक्षमा रहेका थिए।
सो इजलासमा सेथ, सिन्ध उच्च अदालतका न्यायाधीश नजर अकबर र लाहोर उच्च अदालतका न्यायाधीश शाहिद करिम रहेका थिए। यो आदेशको पूर्णपाठ ३८ घण्टामा जारी गरिने द एक्सप्रेस ट्रिब्यूनले बताएको छ। बीबीसीको सहयोगमा
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
काठमाडौं जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध
क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा