December 8, 2019

३ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी  गौरिका

काठमाडौं, २२ मंसिर । नेपाली पौडीबाज गौरिका सिंहले  १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेस्रो स्वर्ण जितेकी छन् ।गौरिकाले साग पौडी अन्तर्गत आइतबार भएको ४०० मिटर फ्री स्टाइलमा स्वर्ण जितेकी हुन् । योसँगै उनी सागको एउटै संस्करणमा तीन स्वर्ण जिच्त्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।

यसअघि साग अन्तर्गत शुक्रबार भएको पौडी प्रतिस्पर्धामा गौरिकाले दोस्रो स्वर्ण जितेकी थिइन् । सातदोबाटोस्थित पौडी पोखरीमा २०० मिटर ब्याक स्ट्रोकमा उनले स्वर्ण जितेकी हुन् ।

त्यस्तै बिहीबार गौरिकाले पहिलो स्वर्ण जित्दै पौडीमा ऐतिहासिक सफलता हात पारेकी थिइन् । उनले २०० मिटर फ्रि स्टाइलमा स्वर्ण जितेकी थिइन् । उनले शनिबार भने रजत पदक जितेकी थिइन् ।

गौरिकाले पौडीमा ३ वटा स्वर्ण जितेर भारत र श्रीलंकाको दबदबा समेत तोडेकी छन् ।

गौरिकाको नाममा दर्जनौं राष्ट्रिय कीर्तिमान रहेका छन् । सन् २०१६ को सागमा उनले एउटा रजत र २ वटा कास्य पदक समेत जितेकी थिइन् ।

त्यस्तै सन् २०१६ मा ब्राजिलमा सम्पन्न ग्रीष्मकालीन ओलम्पिकमा सबैभन्दा कान्छी खेलाडीको रुपमा सिंह सहभागी बनेकी थिइन् । त्यतिबेला उनी १३ वर्षकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गैरकानुनी बर्खास्तमा क्षतिपूर्ति निर्धारण गर्दा सेवा अवधि गणना गर्न सर्वोच्चको आदेश

काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण

कार्यसमितिमा नभएकी व्यक्तिलाई कोषाध्यक्षको जिम्मेवारी, राखेपमा उजुरी

२६ असोज , काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको कार्यसमितिमा नरहेकी पवित्रा रेग्मीलाई बैंक

हिमालयको चेतावनी’ बोकेर संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन, जलवायु न्याय र त्रिदेशीय संयन्त्रको जोडदार माग

जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज