December 7, 2019

उपनिर्वाचन परिणामलाई लिएर कांग्रेसमा मत बाझिएपछि

सरकारप्रतिको वितृष्णालाई मतमा परिणत गर्न नसक्नुमा पार्टी नेतृत्वको कार्यशैलीलाई संस्थापन इतरपक्षले दोषी देखाएको छ। पार्टीको सांगठनिक गतिविधि र कार्यक्रमले भन्दा सरकारप्रतिको असन्तुष्टिका कारण धरान, भक्तपुर र चितवनमा कांग्रेसको मत बढेको उनीहरुको तर्क छ। संस्थापन पक्ष यो तर्कसँग सहमत छैन। सभापति शेरबहादुर देउवा र उनीपक्षीय नेताहरुले कांग्रेसका पक्षमा जनमत आकर्षित हुन थालेको टिप्पणी गर्न थालेका छन्।

कांग्रेस वरिष्ठ नेता पौडेलले सरकारको अलोकप्रियताको स्तर अनुसार पार्टीले जनमत लिन नसकेको बताए। ुउपनिर्वाचनको मत परिणामलाई हेर्दा विशेष उत्साहजनक भएन। सरकारको अलोकप्रियताको फाइदा हामीले लिन सकेनौुं पौडेलले कान्तिपुरसँग भने, ुयसबारे पार्टीको बैठकमा पनि समीक्षा हुनेछ।

पार्टीका आन्तरिक मुद्दा र उपनिर्वाचनका समीक्षाका लागि कांग्रेस सभापति देउवाले केन्द्रीय कार्यसमितिको बैठक मंसिर २६ गते बोलाएका छन्। पौडेलले उक्त बैठकमै निर्वाचनको विस्तृत समीक्षा हुने बताए। ुतर यो निर्वाचनबाट मुलुकमा कांग्रेस र कम्युनिष्ट नै प्रमुख शक्ति हुन् भन्ने प्रमाणित भएको छ, तेस्रो शक्ति दिएन,ु उनले भने, ुसरकार अलोकप्रिय बने पनि नेकपाको तलसम्मको पार्टी संगठनले काम गरेको देखियो।ु

पार्टी उपसभापति विमलेन्द्र निधिले भक्तपुर, चितवन र धरानको मत परिणाम अर्थ र महत्वपूर्ण रुपमा लिनुपर्ने बताए। ुयो मत परिणामले आम कांग्रेसप्रति उत्साह छाएको छु निधिले भने, ुकांग्रेसले विगतमा जितेका कतिपय ठाउँ गुमाउनु परेको छ तर समग्रमा कांग्रेसका लागि यो मत परिणाम सकारात्मक छ।ु मंसिर १६ गते पार्टीका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश २ को रौतहट, सुदूरपश्चिमको बैतडी, प्रदेश ५ को अर्घाखाँची , प्रदेश ३ को चितवन र प्रदेश १ को धरान र उपत्यकाको भक्तपुरको प्राप्त परिणामले कांग्रेस उत्साही भएको बताएका थिए। उनले विगतमा जितेको १ गाउँपालिकाको अध्यक्ष, १ उपाध्यक्ष र केही वडा अध्यक्षहरु गुमाएकोमा सांगठिनक कमजोरी औल्याए पनि नेतृत्वको कार्यशैलीप्रति लक्षित गरेका छैनन्।

कांग्रेस नेता रामशरण महत अहिलेको नतिजाबाट सन्तुष्ट हुने ठाउँ नभएको बताउँछन्। ुहामीले यो भन्दा राम्रो नतिजा आउँला भन्ने सोचेका थियौं, सरकारको अलोकप्रियताका कारण पोखरा, बागलुङ र दाङमा समेत कांग्रेसको पक्षमा राम्रो मत आउँला भन्ने सोचिएको थियो। तर आउन सकेनु उनले भने।

महतले यसमा पार्टी नेतृत्वकै समस्यालाई कारण मानेका छन्। पार्टी सञ्चालनको कमीकमजोरी र संगठनप्रतिको आम निराशाका कारण कांग्रेसले सरकारको वितृष्णाकै तहअनुसार मत ल्याउन नसकेको महतको ठम्याई छ। कांग्रेसभित्र कास्की(२ को निर्वाचनलाई मुख्य रुपमा नियालिएको थियो। रविन्द्र अधिकारीको निधनपछि रिक्त उक्त निर्वाचन क्षेत्रमा कसलाई उम्मेदवार बनाउने भन्नेमै कांग्रेसभित्र सुरुमै विवाद भयो। सहमतिमा उम्मेदवार चयन हुन नसकेपछि पौडेल र सिटौला पक्षले हार र जितको जिम्मेवारी लिनुपर्ने भन्दै उम्मेदवार चयनको जिम्मा सभापति देउवालाई दिएका थिए। देउवाले आफू निकटका पुराना नेता खेमराज पौडेललाई उम्मेदवार बनाएका थिए। नेकपाले अधिकारी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको थियो। विगतको निर्वाचनमा भन्दा केही मत बढी अन्तरमा नेकपाका उम्मेदवार भट्टराईले चुनाव जितेपछि कांग्रेसभित्र यसैले बढी चर्चा पाएको छ। सहानुभूतिको मत मात्रै नभएर नेकपा उम्मेदवारलाई कांग्रेसकै मत समेत परेको विश्लेषण समेत कांग्रेसमा हुन थालेको छ।

ुअघिल्लो पटक चुनाव जितेर संसदमै आएपछि हामीसँगै रविन्द्र अधिकारीले म त कांग्रेसकै मतले चुनाव जितेको हो भन्थे, त्यतिबेला पनि ८ हजार हाराहारीकै अन्तर परेको थियो, अहिले पनि त्यस्तै अन्तरमा कांग्रेस उम्मेदवारले चुनाव हारेको छु सभापति देउवा निकट एक नेताले भने,ुअहिले पनि कांग्रेसको धेरै मत नेकपाको उम्मेदवारलाई गएको हामीलाई आशंका छ।ु

केन्द्रीय सदस्य प्रदीप पौडेल पार्टीको सांगठनिक प्रभावले भन्दा सरकारको वितृष्णाको मत कांग्रेसमा परेको बताउँछन्। ुउपनिर्वाचन आन्दोलनको रुपमा उठ्नुपर्दथ्यो, लाखौं हजारौंको जुलुस भन्दा पनि उपनिर्वाचनको जनमतबाट सरकार सच्चिने अवस्था बन्थ्योु, उनले भने, ुतर सरकार सच्चिने गरी कांग्रेसले जनमत ल्याउन सकेन। वैकल्पिक शक्तिमा पनि कुनै भरोसा देखिएन।ु उनले कांग्रेसले राम्रो काम गरेर भन्दा पनि सरकारप्रतिको असन्तुष्टिका कारण धरान, भक्तपुर चितवनमा केही सुधार गर्न सकेको बताए।

ुहामीले पाएको फ्रस्टेशनको मत हो, कांग्रेसले राम्रो गरेर पाएको मत होइनु उनले भने, ुनेकपासँग हाम्रो धेरै गहिरो मतान्तर छ, यसलाई मेट्न धेरै काम गर्नुपर्छ र सन्तुष्टि गरेर बस्ने अवस्था छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।