November 21, 2019

 देशभर नेकपाले उपनिर्वाचन जित्दैछ :वामदेव

मंसिर ५, भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले मंसिर १४ गते हुने उपनिर्वाचनमा देशभर नेकपाले जित्ने दाबी गरेका छन् ।विकास र समृद्धिको नेतृत्व नेकपाले गर्ने भन्दै उनले सूर्य चिह्नमा मतदान गर्न आग्रह समेत गरे ।भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को (ख) मा हुन गइरहेको प्रदेशसभा निर्वाचनमा नेकपाका उम्मेदवार डीपी ढकालको चुनावी घरदैलो कार्यक्रमलाई चाँगुनारायण नगरपालिका वडा नम्बर ७ मा सम्बोधन गर्दै नेता गौतमले समृद्धिको नेतृत्व  नेकपाले गर्ने बताएका हुन् ।

‘देशभर नेकपाले चुनाव जित्दैछ, भक्तपुरमा विकास र समृद्धिको कुरा नेकपाले पूरा गर्छ,’ गौतमले भने, ‘डीपी ढकाललई भोट दिएर जिताउने जिम्मा तपाईंहरूको, उहाँले अगाडि सारेका योजना पूरा गर्ने जिम्मा नेकपाको ।’

 

प्रतिनिधि सभाका सांसद महेश बस्नेत र प्रदेश सभामा जितेर गएपछि डीपी ढकाल समेत मिलेर यस निर्वाचन क्षेत्रलाई नमूना बनाउने विश्वास गौतमले लिए ।कात्तिक २१ गते ढकालको उम्मेदवारी मनोनयनमा पनि गौतम उपस्थित भएर भक्तपुरमा नेकपाको जित सुनिश्चित भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा