भारतीय मिडियामा तरंग : “कालापानीबारे प्रधानमन्त्री ओलीले देखाए रवाफ”

काठमाडौं, मंसिर २ : लापानीबाट भारतीय सेना हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको आग्रहलाई लिएर भारतीय मिडियामा तरंग देखिएको छ ।

1574064294kp

आइतवार राजधानीमा राष्ट्रिय युवा संघको राष्ट्रिय भेलामा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई भारतीय मिडियाले प्राथमिकताका साथ प्रकाशन/प्रसारण गरेका छन् ।

इन्डियन एक्सप्रेसले त ब्याक अफ इन्डिया लेखेको बोर्डसहित नेपाली भण्डा फहराएको तस्वीर पनि राखेको छ ।

इन्डियन एक्सप्रेसले ‘नक्सा विवाद : नेपालका प्रधानमन्त्रीले कालापानीमा गरे दाबी, भारतलाई फिर्ता हुन आग्रह’ शीर्षकमा समाचार छापेको छ ।

उसले भारतले नयाँ नक्सा जारी गरेपछि देखिएको विवादका सन्दर्भमा ओलीको यो पहिलो अभिव्यक्ति भएको उल्लेख गरेको छ ।

कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता लैजान आग्रह गरिएको समाचारमा उल्लेख छ ।

बीबीसी हिन्दीले ‘भारत से कालापानी विवाद पर नेपाली पीएम ओली बोले- ‘एक इंच भी ज़मीन नहीं मिलेगी‘ शीर्षकमा समाचार छापेको छ ।

उक्त समाचारमा भनिएको छ:नेपालमा बढ्दो विरोध प्रदर्शनका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार भनेका छन्, ‘कालापानी नेपाल, भारत र तीब्बतको त्रिदेशीय विन्दु हो, यहाँबाट भारतले तत्काल आफ्नो सैनिक हटाउनुपर्छ ।’

ओलीको अभिव्यक्ति भनेर उक्त कुरा कोट गरिएपनि नेपाल–भारत–चीन त्रिदेशीय विन्दु कालापानी नभएर लिम्पियाधुरा हो ।

कालापानी नेपालको सार्वभौम भूमि हो, लिपुलेक नेपाल र चीनबीचको सीमा नाका हो भने लिम्पियाधुरा त्रिदेशीय विन्दु हुनुपर्ने दाबी नेपाली पक्षको छ ।

***

आजतकको अनलाइन संस्करणमा ‘कालापानी पर नेपाल PM ने दिखाए भारत को तेवर- एक इंच जमीन भी नहीं देंगे‘ शीर्षकमा समाचार छापिएको छ ।

आजतकले पनि बीबीसी हिन्दीजस्तै कालापानी नेपाल–भारत–चीन त्रिदेशीय विन्दु भएको दाबी नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको भनी तथ्य मोडेर समाचार प्रकाशित गरेको छ ।

अमर उजाला दैनिकले ‘कालापानी से भारतीय सैनिकों को हटाएंगे’ शीर्षक दिएर समाचार प्रकाशित गरेको छ ।

भारतीय दूतावास अघि प्रदर्शन भएको कुरा समेत उल्लेख गर्दै समाचारमा नक्सा जसले पनि छाप्न सक्छ, तर नेपाली भूमिमा नेपालकै सेना रहन्छ भनेर प्रधानमन्त्री ओलीले भनेको उल्लेख छ ।

 

अमर उजालाको अनलाइन संस्करण लेख्छ – नेपाल के प्रधानमंत्री ओली का एलान, काला पानी इलाके से हटाए जाएंगे भारतीय सैनिक ।

पञ्जाब केशरीले ‘कालापानी को लेकर भारत को आंखें दिखा रहा नेपाल, PM ओली ने किया बडा ऐलान’ शीर्षकमा समाचार छापेको छ ।

‘कालापानी मुद्दे को लेकर नेपाल भारत को आंखें दिखाने पर उतर आया है‘ समाचारको लीड लाइनमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।