ओली सरकारले सीमा अतिक्रमणमा मतलब नै गरेनः सभापति देउवा

ओली सरकारले सीमा अतिक्रमणमा मतलब नै गरेनः सभापति देउवाकञ्चनपुर । नेपाली कांग्रेसका सभापती शेरबहदुर देउवाले भारतसँग भएको महाकाली सन्धिमा पनि महाकाली नदीको उद्गमस्थल पूर्वको भूमिलाई नेपाली भूभागका रुपमा व्याख्या गरिएको बताएका छन् । 

नेपाल प्रेस यूनियन कञ्चनपुरले शनिवार बिहान सदरमुकाम महेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सभापति देउवाले कालापानी नेपालको भूभाग भएको दोहोर्याउँदै महाकाली नेपाल–भारतको सीमा नदी भएको जिकिर गरे । 

“हामीले महाकाली सन्धी गरेका बेला महाकाली सीमा नदी भनिएको छ । पानी पनि आधा आधा हक लाग्छ भनेर सिद्धान्त तहैमा पास भएको हो,” उनले भने, “लिखित नै छ त्यहाँ । सीमा नदी भएकाले उद्गम स्थलबाटै पूर्व नेपाली भूमि हो ।”

सभापति देउवाले सीमा सम्बन्धी बिबादमा राजनीतिक दलहरु एक ठाउँमा उभिएपनि केपी ओली नेतृत्वको सरकारले बिबाद समाधानका लागि मतलब नै नगरेको भन्दै आक्रोश ब्यक्त गरे । उनले राष्ट्रवादको नारा दिने ओली सरकारलाई लम्पसारवादको संज्ञा दिए । 

“कम्युनिस्ट सरकारले मतलबै गर्दैन । राष्ट्रवादको नारा दिने, काम नगर्ने ? काम त गर्नु पर्यो,” देउवाले भने, “सरकारले गर्ने काममा हाम्रो समर्थन हुन्छ भनेकै छौं । राष्ट्रवादको नारा दिने, लम्पसारवाद हुने ?”

उनले आफू प्रधानमन्त्री हुँदा अतिक्रमित भूमि फिर्ताका लागि भारतसँग कूटनीतिक पहल गरेको पनि दाबी गरे । चार पटक देशको प्रधानमन्त्री हुँदा मतलब नगर्ने, अहिले चर्को रुपमा कालापानी बिबाद उठाउने ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा देउवाले प्रतिप्रश्न गरे, “मैले भनेकै हो । आज पनि भन्दैछु । कूटनीतिक पहल गरेको छ । सन्धीमा लेखेको आधा पानी भनेको के हो ?”

पूर्वप्रधानमन्त्री देउवाले कञ्चनपुरकि १३ वर्षिया बालिका निर्मला पन्तका हत्यारालाई सरकारले संरक्षण गरिरहेको आफ्नो पूरानै आरोप दोहोर्याए । “वास्तवमा हत्यारा लुकाउन लागेका छन् । बचाउन खोजेका छन् । सरकार नै हत्यारा संरक्षण गरिरहेको छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।