
कार्तिक २३, अप्रत्याशित प्रदेश प्रमुखहरुको परिवर्तन गरेका प्रधानमन्त्री ओलिले अप्रत्याशित रूपमा नै मन्त्रीहरू पनि परिवर्तन गर्ने तयारी गरेका छन भने आफ्नै सचिवालय पनि उथलपुथल गर्न लागि परेका छन । काम गर्ने शैली चुस्त नभएपछि आफ्नै सचिवालयबाट सुधार शुरु गर्ने निति प्र. म. ले लिएको बुझिएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीले सचिवालयका सबै कर्मचारी र सहयोगीलाई एक महिनाभित्र राजीनामा दिन निर्देशन दिनु भएको हो । आफ्ना कार्यकर्ता मात्र होइन, निजामती कर्मचारी तर्फका पनि सचिवालयका सबैलाई सचिवालय खाली गर्न निर्देशन दिएको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘अहिले भएका कसैलाई आवश्यक भएपछि बोलाउँछु, अहिले सबैले राजीनामा दिनु भन्नु भएको छ ।’
प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्रीको काम गर्ने स्प्रिडलाई पछ्याउन नसकेको आरोप लाग्दै आएको थियो । प्रमुख सल्लाहकार विष्णु रिमालको ठाउँमा महेन्द्र पाण्डेलाई जिम्मेवारी दिने वा अरु कोही हुनसक्छ भनेर आवश्यक पात्रको खोजी भइरहेको छ । पत्रकार कुन्दन अर्याल र रामशरण बजगाईंले राजीनामा बुझाइसकेको स्रोतको दाबी छ । अहिले भएका सचिवालयका राजेश वज्राचार्य र चेतन अधिकारीले निरन्तरता पाउने र बाँकी सबै परिवर्तन हुने स्रोतको दाबी छ ।
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित