काठमाडौँ, २० कात्तिक । लिभरपुलले आफ्नो उत्कृष्ट खेल प्रदर्शनलाई निरन्तरता दिएको छ । गएराति भएको च्याम्पियन्स लिगमा केआरसी जेन्कलाई लिभरपुलले २–१ गोलले पराजित गर्न सफल भयो ।
लिभरपुलका लागि जर्जिन्हो विजनाल्डम र एलेक्स अक्सलेड चेम्बरलिनले एक एक गोल गरे । लिभरपुलका लागि खेलको १४ औ मिनेटमा विजनाल्डम गोल गरे ।
खेलको ४० औ मिनेटमा जेन्कका लागि सामाटाले बराबरी गोल गरे । तर, यस सिजन कमव्याक गर्न माहिर देखिएको लिभरपुलका लागि खेलको ५३ औ मिनेटमा चेम्बरलिनले गोल गरे ।
पहिलो खेल पराजित भए पनि तीन खेल लगातार जितेको लिभरपुलले ९ अंक जोड्न सफल भएको छ । ४ खेलबाट ९ अंक जोडेको लिभरपुल समुह ई को शिर्षस्थानमा रहेको छ ।
दोस्रो स्थानको नापोलीको ८ अंक छ । नापोलीले साल्जवर्गसँग एकएक गोलको बराबरी खेल खेलेको छ । साल्जवर्गको चार र जेन्कको एक अंक रहेको छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा