October 22, 2019

हिटलरभन्दा क्रुर कांग्रेस सांसद आलमको कनेक्शन : कोइराला परिवारदेखि शेरबहादुरसम्म !

हिटलरभन्दा क्रुर कांग्रेस सांसद आलमको कनेक्शन : कोइराला परिवारदेखि शेरबहादुरसम्म  !
 
 
काठमाडौं, ३ कार्तिक । जर्मनीहरु हिटलरलाई सम्झन चाहाँदैनन् । तर, हिटलरलाई विश्वभरका मानिसहरु भने विर्सन सक्दैनन् । अर्थात हिटलर हरेको दिमागमा जीवित नै छन् ।
‘हिटलर अहिले पनि कयौँ मान्छेहरुको दिमागमा जीवित छ’ पूर्वमन्त्री सरिता गिरीले लेखेको यस्तो स्ट्याटसमा पूर्व राजदूत विजय कान्त कर्णको प्रतिक्रिया छ,–‘ हिटलर मरा कव था । वो हमेशा जिन्दा हीं था ।’

नेपालका लागि भारतीय राजदूत मञ्जिव पुरी, नेपाली कांग्रेसकी नेतृ सुजता कोइराला सितादेवि यादवका साथमा हत्या आरोपी अफ्ताव आलम

अर्थात ‘हिटलर कहिल्यै मरेका थिएनन् उनी सँधै जीवित छन् ।’

हरेक क्रुर हत्याकाण्डमा हिटलरको नाम उच्चारण गर्नु विश्वभरका मानव समुदायको प्रचलन बन्दै आएको छ ।

हिटलरको नेपाली रुप ‘मिनिहिटलर’ तथा रौतहट टाइगरको रुपमा चर्चित अफताव आलमको यतिबेला चौतर्फी चर्चा छ ।

नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमले २३ जना घाइतेलाई ईट्टा भट्टामा जिउँदै जलाएको घटनाले १२ वर्षपछि संशय फैलिएको छ ।
२०६४ साल चैत्र २७ गते बुधबार साँझ ६ः ३० बजे रौतहट जिल्लाको को राजपुरफरहदवा गा.वि.स. वडा नं. ४ स्थित मोहम्मद आफताब आलमको काकाको घरमा बम विष्फोटन गराएका थिए । उक्त बम विष्फोटनमा परी घाइते भएकाहरु वर्ष २२ को पिन्टु भन्ने त्रिलोक प्रताप सिंह र रोक्साना खातुनको छोरा वर्ष २२ को ओसी अख्तरसहित २३ जना व्यक्तिको उक्त घटनामा मृत्यु भएको थियो । २०६४ साल चैत्र २८ गते हुने संविधान सभाको निर्वाचनको प्रचार प्रसारका लागि आलमले उनीहरुलाई चुनावी अभियानमा लगेका थिए ।

तत्कालिन प्रधानन्यायधीश सुशीला कार्कीले दिएको आदेशको विवरणमा पीडितको भनाइ उल्लेख गरिएको छ ।

‘निर्वाचनमा आफू विजय हुन र अन्य पार्टीका कार्यकर्ताहरूलाई तर्साउन बम बनाउँदा विष्फोटन भएको, बम विष्फोटन हुँदा निज मोहम्मद आफताब आलमको काका शेख इद्रिसको घर र घरको छाना नष्ट भएको, हामी निवेदकका छोराहरूलगायत अन्य व्यक्तिहरू हताहत भई घाइते भएकोमा निज छोराहरूले तत्काल होसमा छँदै हामीलाई उपचार गराउनुहोस् वा हामीलाई छाडी दिनुहोस् भन्दा निज मोहम्मद आफताब आलम र निजका मिलेमतोका मानिसहरूले सो घटना सार्वजनिक हुने डरले निजका सहयोगीहरू समेतका व्यक्तिहरू मिली हामी निवेदकका छोराहरू र अन्य घाइतेहरूलाई नजिकको ईँटा भट्टाको आगोमा हाली जलाई दिई आततायी किसिमबाट कर्तव्य गरी हत्या गरेको भन्ने स्थानीय व्यक्तिहरू र सो घटना देख्ने चश्मदीद व्यक्तिहरूको भनाई रहेको थियो,’ आदेशमा भनिएको छ,-‘यसरी उक्त घटना भएकोले सम्पूर्ण व्यहोरा खुलाई प्रत्यक्ष देख्ने व्यक्तिहरू समेतको भनाइका आधारमा निज मोहम्मद आफताब आलमसमेतका विरूद्ध कानूनबमोजिम कारवाही गर्न किटानी जाहेरी दिएकोमा प्रहरी कार्यालय, रौतहटले जाहेरी दर्ता नै गरेनन् ।’

कोइराला परिवारको एकता गराउने अभियानमा मोहम्मद अफ्ताव आलम

सर्वोच्च अदालतको फैसला कार्यान्वयन इकाईको पटक पटकको निर्देशन पश्चात हाल नयाँ नेतृत्वमा आएका प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले केही दिनअघि आलमलाई पक्राउ गरी मुद्दा चलाएका हुन् ।
विश्वस्त स्रोतका अनुसार चिलिको सेन्टियागोमा तीन दिनसम्म भएको इन्टरपोलको ८८ औँ महासभामा भाग लिन जानुअघि आलमलाई पक्राउ गर्न प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले निर्देशन नै दिएका थिए ।
आलम पक्राउका लागि खनालका सचिवालयमा कार्यरत उच्च प्रहरी अधिकारी समेत सहभागी भएको उच्च स्रोतको दाबी छ ।
को हुन् आलम ?

हिटलर भन्दा पनि क्रुर हत्याराको परिचय बनाएका आलम २०१९ आषाढ ५ गते राजपुर फरहदवा, रौतहटमा जन्मिएका हुन् । बुवा मोहम्मद सिद्धिकी वेदी र आमा मजिवुनबाट जन्मिएका आलमका एक छोरी र दुई छोरा छन् ।

अफ्ताव आलमको चुनावी क्षेत्रमा पत्रकार ऋषी धमला । उनी आफ्तावका अति निकट पत्रकार हुन् ।

आलमले विज्ञान संकायबाट स्नातक तहसम्मको अध्ययन गरेको संविधान सभाको वेभसाइटमा उल्लेख छ । २०३४ सालमा राजनीतिमा प्रवेश गरेका आलम पटक पटक मन्त्री बने । आलमको शक्ति यात्राको पहिलो खुड्कीलो भने २०५४ सालबाट सहयाक मन्त्रीबाट भएको थियो । नेपाली कांग्रेस भित्र तत्कालिन शक्तिमा रहेको कोइराला परिवारसँग निकै निटक सम्बन्ध बनाएका उनी गिरिजा प्रसाद कोइरालाकै फेरो समातेर शक्ति यात्रा थालेका थिए ।
कोइराला परिवार भित्र पनि सुजाता कोइरालासँग अति निकट रहेका आलम २०५७ सालमा वन मन्त्री बनेका थिए ।

त्यस्तै २०५८ सालमा भूमि सुधार मन्त्री बनेका उती तत्कालिन राजपरिवारसँग समेत अति निकट मानिन्थे ।

बम विष्फोटन र क्रुर हत्याकाण्ड मच्चाएपछि पनि २०६४ सालमा भएको संविधानसभा चुनावमा रौतहट क्षेत्र नम्बर २ बाट निर्वा्चित भएका आलमले भारतीय भूमिबाट आपराधीक गिरोहका व्यक्तिहरुलाई चुनावी क्षेत्रमा परिचालन गरेका थिए । आलमले त्यतिबेला १६ हजार ८ सय १ मत प्राप्त गरेका थिए । बम काण्ड गुपचुप पारेका आलम त्यतिबेला नै बनेको माधव कुमार नेपाल नेतृत्वको सरकारमा श्रम तथा यातयात व्यवस्था मन्त्री बनेका थिए । तर २०७० सालको चुनावमा भने आलम सोही क्षेत्रमा पराजित भएका थिए ।

तत्कालिन मन्त्री आलमले यातायात व्यवस्था विभागमा भ्रष्टाचार नियन्त्रणका लागि राखिएको सीसीटीभी निकाल्न खोजे पछि विवादमा तानिएका थिए ।

यसैगरी वैदेशिक रोजगारमा जाने कामदारबाट कल्याणकारी कोष वापत संकलन गरिने रकमको समेत दुरुपयोग गरेको आरोप समेत आलममाथि थियो । तर शक्तिकै आडमा आलममाथि कुनै छानबीन भने भएन । नेपाली कांग्रेसको रौतहट जिल्लाको सभापति समेत भइसकेका आलम यतिबेला भने २३ जनाभन्दा बढी नरसंहार गरेको अभियोगमा हिरासतमा छन् ।

कोइराला परिवारबाट देउतर्फ क्याम्प परिवर्तन !


कुनै समय कोइराला परिवारको एकताका लागि मूख्य भूमिका निभाउने आलम पछिल्लो समय भने सभापति शेर बहादुर देउवाको प्यानल तर्फ हाम फालेका थिए ।

त्यसैले कांग्रेस सभापति शेरबहादुर देउवाले ‘आलमलाई १२ वर्षअघिको मुद्दामा सरकारले षडयन्त्र पूर्वक फसाएको’ भन्दै विरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको