September 9, 2019

साउनयता ५६ जिल्लामा डेंगुः ६ को मृत्यु, ३९०० संक्रमित (कुन जिल्लामा कति?)

काठमाडौं- पछिल्लो समय देशका आधाभन्दा बढी क्षेत्रमा डेंगुको संक्रमण फैलिएको छ। डेंगुका कारण साउनयता ६ जनाको मृत्यु भइसकेको छ भने ३ हजार ८ सय ९९ जना संक्रमित भएका छन्। वैशाख महिनादेखि अहिलेसम्मको तथ्यांक हेर्ने हो भने डेंगुबाट ७ हजारभन्दा बढी संक्रमित भइसकेका छन्।डेंगु नियन्त्रणबाहिर गइसक्दा पनि रोग नियन्त्रणको महत्वपूर्ण जिम्मेवारी पाएको निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने डेंगुका कारण मृत्यु भएकाको र बिरामीको तथ्यांक संकलन मात्र गरेर बसिरहेको छ। 

चालु आर्थिक वर्षको एक महिनामा नै डेंगु देशका ५६ जिल्लामा देखिएको छ भने झण्डै ४ हजार जना संक्रमित भइसकेका छन्। ५६ वटा जिल्लामा डेंगुको संक्रमण फैलिसक्दा पनि मन्त्रालय यसको नियन्त्रणमा लाग्न सकेको छैन। डेंगु नियन्त्रण बाहिर जानुमा संघीय संरचना अनुसार तीन तहको सरकारमा तालमेल मल्नि नसक्नु भन्दै स्वास्थ्य मन्त्रालय आफ्नो जिम्मेवारीबाट पन्छिन खोजिरहेको छ। मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु नियन्त्रणकालागि ठोस कदम चाल्नु पर्ने हो। तर, महाशाखा नै संघीय संरचना अनुसार प्रदेश र स्थानीय तहसँगको तालमेल मिल्न नसकेको भन्दै आफ्नो जिम्मेवारीबाट पन्छिरहेको छ।

डेंगुका कारण सुनसरी, सिन्धुपाल्चोक, चितवन र डोटीमा एक एक जनाको मृत्यु भइसकेको छ भने काठमाडौंमा २ जनाको मृत्यु भएको छ।डेंगु एडिस एजेप्टाई र एडिस अल्बोपिक्टस नामका पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ। यी लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ। यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ। औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ।

यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन्।डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोमगरी तिन प्रकारका छन । क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो। यो आफैं निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ। तर यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु साक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु हुन सक्छ।

कुन जिल्लामा कति बिरामी

 

डेंगुका ७ लक्षण र बच्ने ८ उपाय

डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो। डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्दछ। अहिले देशका विभिन्न जिल्लामा यो रोग देखापरिरहेको छ। यो रोगका कारण यो वर्ष मात्र हालसम्म ६ हजारभन्दा बढी बिरामी भइसकेको तथ्यांक आइरहेको छ। 

यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ। वर्षात्को समयमा सुरु भएपछि डेंगु ज्वरोको प्रकोप बढ्न थाल्छ।

डेंगु ज्वरोका लक्षण
– ज्वरो आउने 
– बेस्सरी टाउको दुख्ने
– आँखाको गेडी दुख्ने
– शरीरमा डाबरहरु आउने
– अरुचि हुने
– जोर्नी तथा मांसपेशीहरु बेस्सरी दुख्ने
– पेट तथा आन्द्रामा गडबडी हुने
केही बिरामीमा सुरुमै शरीरभरि खटिरा आउँछन् । त्यस्तै शरीरमा डण्डिफोर जस्तो डावरहरु देखिन्छन् । ज्वरो आइरहेको अवस्थामा नाक तथा गिजाबाट रक्तश्राव हुने र छालामुनि रक्तस्राव हुने हुन्छ। 

बच्ने उपाय
– यो रोगबाट बच्नका लागि मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु पर्दछ। यसका लागि लामखुट्टेको नियन्त्रण नै सबैभन्दा उत्तम उपाय हो। 
– पुरा शरीर ढाकिने गरी कपडा लगाउने
– लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्ने
– राती र दिउँसो पनि झुलभित्र सुत्ने
– घर वरपर वा खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पुर्‍याउने
– झ्याल तथा ढोकामा जाली लगाई बन्द राख्ने

लामखुट्टेले फुल पार्ने ठाँउमा फुल पार्न नदिन गर्नुपर्ने उपाय
– पानी राख्ने भाँडाहरु जस्तै पानी ट्याङ्की, ग्रागी, दहीको कतारो, बाल्टिन, ड्रम आदि सधैँ छोपेर राख्ने
– लामखुट्टेको नियन्त्रणका लागि घर वरपर पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र घर आँगन सफा राख्ने
– घर वरपर सवारी साधनका टायर, गमला लगायतका कुरामा मा पानी जम्न नदिने र सफा गर्ने

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

ठूला सेयरधनीलाई कालोसूचीमा राख्ने प्रावधान संवैधानिक: सर्वोच्च

काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व

संविधान संशोधन बहसपत्र कार्यदलको बैठक सिंहदरबारमा सुरु

वैशाख १०, २०८३। संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा