
साउन १९, काठमाडौं । अहिले देशभर आंशिक देखि सामान्य बदली रहेको छ भने पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज (आइतबार) पनि देशका केही स्थानमा मेघ गर्जन र चट्याङ पर्ने तथा मध्य र पूर्वका पहाडि भू–भागको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै मौसमविदहरुले सतर्कता अपनाउन आग्रह गरेका छन् ।
मौसमविदका अनुसार भारतमा रहेको मनसुन न्यून चापीय रेखा उत्तर सर्दै आज बेलुका नेपाल नजिकै आइपुग्ने सम्भावना रहेकाले भारी वर्षा हुन सक्नेछ ।
त्यस्तै सोमबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही देशको मध्य र पूर्वका केही स्थानहरुमा तथा पश्चिमि भू–भागका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमानः
श्रावण १९ गते आइतबार
दिउँसो: देशभर आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
राति: देशभर आंशिकदेखि सामान्य बदली रही देशक मध्य र पूर्वका केही स्थानमा तथा पश्चिमी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। पूर्व र मध्य पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
श्रावण २० गते सोमबार
दिउँसो: देशभर आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति: देशभर आंशिकदेखि सामान्यसम्म बदली रही देशको पश्चिमी भूभागका केही स्थानमा तथा मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
श्रावण २१ गते मंगलबार
दिउँसो: देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्णसम्म बदली रहने सम्भावना छ। साथै बाँकी स्थानमा आंशिकदेखि सामान्यसम्म बदली रही पश्चिमी भूभागका केही स्थानमा तथा मध्य र पूर्वका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति: देशभर आंशिकदेखि सामान्यसम्म बदली रही देशको पश्चिमी भूभागका केही स्थानमा तथा मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा