July 30, 2019

प्रचण्डले हेग लगे हिरो बन्छु भनेपछि अन्तर्राष्ट्रिय संस्थाको कडा प्रतिक्रिया

 

bannerश्रावण , काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई हेग लगिए हिरो बन्ने बताएकै दिन तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले नेपाल सरकार संक्रमणकालीन न्यायमा असफल भएको टिप्पणी गरेका छन् । 

नेदरल्याण्डको हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतमा युद्ध अपराध सम्बन्धि मुद्दाहरु चल्ने गर्छन्। हालै माओवादीका बाल सैन्य बहिर्गमित लडाकु लेलिन विष्टले आफुहरुले न्याय नपाए हेग जाने चेतावनी दिएका थिए। 

यही बीचमा प्रचण्डले सोमबार बिहान आफ्नै निवास खुमलटारमा विप्लप समूहका केही कार्यकर्तालाई नेकपामा स्वागत गर्नेक्रममा आफुलाई हेग लगिए विश्वभर पहिचान बनाएर निस्कने बताएका थिए। उनले भनेका थिए, ‘हेग लगेर पनि मलाई केही फरक पर्ने वाला छैन । हेग लगे भने त म झन विश्वकै हिरो भएर निस्कन्छु, त्यो त मेरो लागि गर्वको कुरा हुन्छ, तर मलाई लाग्दैन तिनीहरुले लान्छन् र विश्वको हिरो बनाउँछन् ।’ 

१० वर्षे सशस्त्र द्वन्द्वका कमाण्डरले यस्तो बताएपछि अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आइसिजे),  ह्युमन राइट्स् वाच र ट्रायल इन्टरनेसनलले नेपालको दश वर्षे सशस्त्र द्वन्द्वका पीडितहरूलाई न्याय प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुरा गर्न नेपाल सरकार विफल भएको बताएका हुन्। 

द्वन्द्वकालीन मानवअधिकार उल्लङ्घनहरूलाई संबोधन गर्ने सवालमा देखिएको नेपाल सरकारको अकर्मण्यता र सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा आयुक्तहरूको नियुक्तिमा देखिएको पारदर्शीताको अभावप्रति नेपालका पीडित तथा मानवअधिकार समुहहरू द्वारा अभिव्यक्त माग तथा सरोकारलाई यी संस्थाहरूले प्रतिध्वनित गरेका छन् । 

२०७४ फाल्गुनमा प्रधानमन्त्री निर्वाचित भएपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी आलीले नेपालको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई सर्वोच्च अदालतले पटक पटक गरेको निर्देशन तथा अन्तर्राष्ट्रिय कानुन र मापदण्डअनुरुप बनाउने वाचा गरेका थिए । यद्यपि, सरकारले कहिल्यै कानुन संशोधन गरेन र बरू पर्याप्त परामर्श बिनानै सङ्क्रमणकालीन न्यायका संयन्त्रहरूमा आयुक्तहरूको नियुक्ति प्रकृयालाई अगाडि धकेल्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने