July 23, 2019

घुसखोरप्रति अख्तियार आक्रामक, धमाधम अख्तियारको फन्दामा, हिरासत खचाखच

घुसखोरप्रति अख्तियार आक्रामक, धमाधम अख्तियारको फन्दामा, हिरासत खचाखच

  काठमाडौं, साउन ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्ध आक्रामक कारबाही तीव्र पारेपछि पक्राउ परेका व्यक्तिका लागि अख्तियारको हिरासत अपुग भएको छ । अख्तियारको कारवाहीमा रंगेहात पक्राउ परेकाहरुलाई राखिदा अख्तियारको हिरासत भरिन पुगेको छ ।

आयोगले रंगेहात पक्राउ परेका २७ जनासँग अनुसन्धान गरिरहेको छ । १६ जना क्षमता भएको अख्तियारको हिरासत कक्षमा सोमबारसम्म २७ जना पुगेका छन् । रंगेहात पक्राउ गर्ने अख्तियारको काम निरन्तर चलिरहे पनि राख्ने ठाउँको अभाव रहेको अख्तियार स्र्रोतले जनाएको छ । ‘हिरासत कक्ष खचाखच अभियुक्तहरूले भरिएका छन्, अख्तियार स्रोतले भन्यो, ‘अनुसन्धान प्रक्रिया सकेर मुद्दा दर्ता गर्ने तयारीमा छौं ।’

पछिल्लो समय रंगेहात पक्राउ पर्ने क्रम बढिरहेको बेला ठाउँको भने अभाव रहेको छ । मुद्दाको फाइलको चाङ धेरै छन्, क्रमबद्ध रूपमा मुद्दाको प्रक्रिया अगाडि बढाउने तयारीमा रहेको अख्तियारले जनाएको छ ।

हिरासतमा रहेका मध्ये १० जना इन्जिनियर रंगेहात घुससहित पक्राउ परेका छन् । बाँकी प्रहरी, स्थानीय प्रशासनका कर्मचारी र कार्यालय सहयोगीसम्म छन् । असारयता अख्तियारले २० जना इन्जिनियर पक्राउ गरेकोमा १० जनाको अनुसन्धान प्र्र्रक्रिया पूरा भएको र बाँकी १० जना अनुसन्धानको घेरामा छन् ।

भ्रष्टचार बढेको भन्दा पनि अख्तियारको सक्रियताका कारण घुस खानेहरु पक्राउ पर्ने क्रम बढेको हो । अब घुस खानेहरु अख्तियार बाट उम्कन सक्नेछैनन त्यसैले भ्रष्टचार घट्दै जानेछ ।

नवीन कुमार घिमिरे
अख्तियारका प्रमुख आयुक्त

आयोगले ५ साउनसम्म २७ जनालाई घुससहित पक्राउ ग¥यो । घुससहित पक्राउ पर्नेमा कार्यालय सहयोगीदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसम्म छन् । सोमबार मात्रै अख्तियारले प्रहरी चौकी बगाह रूपेन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रेमबहादुर थापालाई ३ हजार ५ सय रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको थियो ।

थापालाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया थालिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । प्रवक्ता कोइरालाका अनुसार थुनुवामा रहेकाहरूको अनुसन्धान प्रक्रिया पूरा भएपछि मुद्दा दर्ता प्रक्रियामा लैजाने तयारी छ ।

त्यस्तै, शनिबार कर्णाली नदी व्यवस्थापन कार्यालय बर्दियाका तीन इन्जिनियर घुससहित पक्राउ परे । इन्जिनियर कमल सिटौला, विश्वेश्वरप्रसाद साह, हरिप्रसाद चौधरीलाई आयोगको सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले १५ लाख रुपैयाँ घुससहित बर्दियाको गेरुवा गाउँपालिका–१ बाट पक्राउ गरेको थियो । उनीहरूले प्रारम्भिक अनुसन्धानमा रकम भुक्तानी ढिला भएको तर रकम भने नलिएको बताएका छन् ।

अख्तियारले गरेको स्ट्रिङ अपरेसनमा ५ हजार रुपैयाँदेखि ८ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको जनाएको छ । केही दिन अघि मात्रै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारसहित दुई जनालाई घुससहित रंगेहात पक्राउ गरेको थियो । अख्तियारको टोलीले उनी र डा. रामहरि रौनियारलाई ८ लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

प्रतिष्ठानको भवन निर्माणको ठेक्काको कमिसनबापत घुस बुझ्ने क्रममा उनीहरूलाई अख्तियारले पक्राउ गरेको हो । डा. रामहरि धरानमै एमबीबीएस सकेर एमडी अध्ययनरत रेसिडेन्ट डाक्टर रहेको बताइएको छ । उनी रौनियारका नातेदारसमेत रहेको अख्तियार जनायो । धरानमा प्रतिष्ठानका लागि करिब १ करोड रुपैयाँको भवन निर्माण हुँदै गरेको छ ।

असारको पहिलो साता जिल्ला भोजपुर, हतुवागढी गाउँपालिकामा कार्यरत इन्जिनियर मिसुहाङ किरात र सोही कार्यालयका सब–इन्जिनियर नइन्द्र पारोहाङ राईसमेतले बाटो मर्मतको बिल भुक्तानी दिने प्रयोजनका लागि घुस लिएको अभियोगमा अख्तियारले २० हजार रुपैयाँसहित पक्राउ परे ।

काठमाडौं महानगरपालिका–९ गौशालाका कार्यालय सहयोगी (तेस्रो तह) गोविन्द खड्काले सेवाग्राहीले व्यवसाय सञ्चालन गरेबापत वडा कार्यालयमा नियमानुसारको कर तिर्न जाँदा काममा आलटाल गरी करबाहेक १० हजार रुपैयाँ घुससहित ५ असारमा पक्राउ परे । त्यस्तै, सोही दिन रूपन्देही मर्चवारी गाउँपालिका–१ बस्ने रामराज यादवले भारतीय मोटरसाइकल छुटाउन १० हजार रुपैयाँ घुस दिन ल्याइएको रकमसहित अख्तियारले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, जिल्ला अदालत बाराका खरिदार सुनिल चौधरी सेवाग्राहीसँग १८ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका थिए । ८ असारमा प्रहरी सहायक निरीक्षक पद्मबहादुर कटुवाल पनि ७ हजार रुपैयाँ घुससहित पक्राउ परे । १० असारमा अख्तियारले शिक्षा विकास तथा समन्वय इकाई प्रमुख धनबहादुर वलीलाई २५ हजार घुस रकमसहित पक्राउ गरे । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू