June 27, 2019

एसइईको नतिजा सार्वजनिक हुँदै, यसरी हेर्न सकिनेछ नतिजा

काठमाडौं, १२ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज बिहिबार सार्वजनिक गर्ने भएको छ । वि सं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्र चेतनाथ शर्माले जानकारी दिए । कार्यालयले हिजै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरे पनि केही प्राविधिक काम बाँकी रहेकाले आज बिहीबार परीक्षाफल सार्वजनिक गर्ने जनाएको हो ।

कार्यालयले आज दिउँसो बोर्ड बैठक बसेर नतिजा सार्वजनिकको तयारी गरेको जनाउँदै प्राविधिक समस्या नआए आज नै नतिजा सार्वजनिक हुने जनाएको छ । यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।

एसईईको नतिजा १६०० मा एसएमएस गरेर थाहा पाउन सकिनेछ। यसका लागि अंग्रेजीमा एसईई टाइप गरेर स्पेस दिदैं आफ्नो सिम्बोल नम्बर टाइप गरेर १६०० मा पठाउनुपर्नेछ । यसका अलावा १६०० मा डायल गरेर प्राप्त निर्देशन अनुसारको जानकारी भरेर पनि नतिजा थाहा पाउन सकिनेछ। यस्तै see.ntc.net.np मा गएर पनि नतिजा हेर्न सकिनेछ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित