
बैशाख ३०, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रेल ल्याउने सपना साकार हुन लागेको बताएका छन् ।
सोमबार आयोजित राष्ट्रिय विभूति सीताको जन्म जयन्ती समारोहलाई सम्बोधन गर्ने क्रममा उनले रेल ल्याउने कुरा सपना जस्तो लागे पनि विपनामा परिणत हुन लागेको बताएका हुन् ।
कार्यक्रममा उनले भने, ‘मैँले चीन भ्रमण जाँदा त्यहाँका राष्ट्रपतिलाई भेटेर ल्हासाबाट काठमाडौं हुँदै पोखरा र लुम्बीनीसम्म रेल लैजाने कुरा गरेको थिएँ । उहाँले सकारात्मक प्रतिक्रिया दिनुभएको थियो । अब छिट्टै साकार हुँदैछ रेल ल्याउने सपना, तपाईं हाम्रै पालामा ।’
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले लुम्बिनी–पशुपति–जनकपुरलाई जोड्ने एउटा सर्किट देशभित्रै बन्न जरुरी रहेको पनि बताए ।
पछिल्लो पटक भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शक्तिपीठ सर्किट निर्माणको विषयमा छलफल गरेको पनि स्मरण गराए । सो कुरा सम्भव भएमा धार्मिक पर्यटनको विकासमा क्रान्ति नै आउने उनको भनाइ छ ।
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित