८ वर्षिय बालकको मृत्यु भएपछी कान्ति बाल अस्पताल तनावग्रस्त

बैशाख १८, काठमाडौँ : महाराजगञ्जमा चिकित्सकले दिएको औषधी खाएर ८ वर्षिय बालकको मृत्यु भएपछी कान्ति बाल अस्पतालमा तनावग्रस्त भएको छ ।

बालकको मृत्यु भएपछी बालकको आफन्तले चिकित्सकको लापरवाहीका कारणले बालककाे मृत्यु भएको भन्दै कान्ति बाल अस्पतालमा प्रदर्शन गरेपछी त्यहाँको स्थिती तनावग्रस्त भएको हो

बालाजुका ८ वर्षे बालक अंकित खत्रीलाई मंगलबार पेट दुखेपछी उनको उपचारकोलागि उनका बुवाले महाराजगञ्ज रहेको कान्ति बाल अस्पतालमा लगेका थिए । चिकित्सकले ग्यास्ट्रिक भएको भनी खाली पेटमा खानका लागि औषधि दिएको र चिकित्सकको सल्लाह अनुसार बुधबार बिहान अंकितलाई खालीपेटमा उक्त औषधी खान दिएको, औषधी खाएपछी उनलाई रिंगटा लागि भुईमा लडेको र उनको शरिर पुरै निलो भएको उनका काकी मधु केसी बताएकी छिन् ।

उनी भुईमा लडेपछी उनलाई वीर अस्पताल भर्ना गरिए पनी वीर अस्पतालले कान्ति बाल अस्पतालमा नै रिफर गरेपछि बुधबार बिहान साढे सात बजे कान्ति अस्पताल नै पुर्याएको उनले बताएकी छिन् ।

बालकको मृत्यु भईसकिएपनीे कान्ति अस्पतालका चिकित्सकले बालक जिबित नै छ भनी बालकको छाती थिची रगत परीक्षण समेत गरेको र केही समयपछी बालकको मृत्यु भएको भनि घोषणा गरेको उनका काकी बताउँछिन् ।

चिकित्सकको सल्लाह अनुसार औषधी सेवन गरेपछी बालकको स्वास्थ्य बिग्री उनको मृत्यु भएको भन्दै बालकका आफन्तले प्रदर्शन गरेपछी प्रहरीले होहल्ला गरेको भन्दै बालकका बुवा धनवीर खत्रीलाई केही बेर नियन्त्रणमा समेत लिएका थिए ।

यस अस्पतालका निदेर्शक डा. गणेश राईले घटना कसरी भयो बुझ्ने कोशिस गरिरहेको र त्यहाँको अवस्था शान्त पर्ने प्रयत्न भईरहेको जानकारी दिएका छन् । हाल अस्पताल प्रशासन र प्रहरी प्रशासनको बैठक अस्पतालमै बसे पनी मृतकको आफन्त भने त्यस बैठकमा सहभागी भने छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।