चैत्र ११, काठमाडौं । आज संवैधानिक परिषद्को बैठक सोमबार दिउँसो बस्दैछ । अयोधीप्रसाद यादवले अवकाश पाएपछि रिक्त रहेको प्रमुख निर्वाचन आयुक्त पदमा सिफारिस गर्न दिउँसो ३ बजे परिषद बैठक बस्न लागेको हो ।
यादव ६ वर्षे कार्यकाल सकेर आइतबार सेवानिवृत्त भएका छन् । आयोगकी आयुक्त इला शर्माले पनि आइतबारदेखि नै अवकाश पाएकी छन् ।
आजको परिषद् बैठकमा संविधान अनुसार गठन हुनु पर्ने राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, आदिवासी जनजाती आयोगको अध्यक्ष तथा सदस्य नियुक्तीका विषयमा समेत छलफल हुने जनाइएको छ ।
परिषद्को सिफारिसमा यसअघि नै प्राकृतिक स्रोत तथा वित्त आयोग, समावेशी आयोग, थारु, मुस्लिम र मधेशी आयोगमा अध्यक्ष नियुक्त भैसकेका छन् । तर ती सदस्यहरूको नियुक्ती सिफारिस हुन बाँकी छन् । रिक्त सदस्य पदहरूमा नियुक्तीका विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।