March 2, 2019

भारतीय मिडिया बढाईचढाई गरेर कुप्रचार गर्छन् : अभिनन्दन वर्तमान

 

काठमाडौं, १८ फागुन । पाकिस्तानले शुक्रबार राती रिहा गरेका भारतीय वायु सेनाका लडाकु अभिनन्दन वर्तमानले भारतीय मिडियाले बढाईचढाई गरी समाचार दिने गरेको बताएका छन् ।

भारत आउनुअघि पाकिस्तानमा तयार पारिएको एउटा भिडियो सन्देशमा उनले यसो भनेका हुन् । उनले ‘भारतीय मिडियाको बहकावमा जनता पर्ने गरेको’ बताएका छन् ।

यद्यपि, उक्त भिडियो इडिट गरेर तयार पारिएको आशंका गरिएको छ । उनले पाकिस्तानी सेना व्यावसायीक र सहयोगी भएको पनि बताएका छन् ।

पाकिस्तान क्षेत्रमा आतंकवादी क्याम्पमा हमला गर्नका लागि छिराइएको विमानलाई पाकिस्तानी सेनाल झारेको थियो । अभिनन्दन सोही विमानका चालक थिए ।

घाइते अवस्थामा नियन्त्रणमा लिइएका उनलाई उपचार गरिएको थियो । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको घोषणामुताविक उनलाई भारतको जिम्मा लगाइएको थियो । पाकिस्तान र भारतको पन्जाव राज्यको बाघा सीमाबाट उनी भारत प्रस्थान गराइएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि