February 24, 2019

बम बिस्फोटनको जिम्मा विप्लव समूहले लियो

 

काठमाडौँ, १२ फागुन । ललितपुरको नख्खुमा रहेको केन्द्रीय कार्यालय र देशका विभिन्न जिल्लामा रहेका एनसेल टावरमाथि गरिएको बम विस्फोटको जिम्मा नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले लिएको छ ।

शुक्रबार राति एनसेलको मुख्यालय र देशैभरी बम विष्फोटसहित टावरमा आगजनी गरिएको थियो । नेकपाले एनसेलले ७३ अर्बभन्दा बढी कर छलेको, अदालतले गरेका निर्णय पालना नगरेको, नेपालमा प्राप्त आम्दानी नेपालमा नै लगानी नगरी विदेश लगेको, राज्यको स्वामित्वमा रहेको नेपाल दूरसञ्चारका सेवाहरूलाई निष्प्रभावी बनाउन त्यहाँका कर्मचारीहरूलाई खरिद गरेको, टेलिकमका कर्मचारीलाई प्रभावित पारी आफ्नो ग्राहक संख्या बढाएको लगायतका गम्भीर गल्ती गरेकोले कारवाही गरिएको दाबी गरेको छ ।

नेकपाले एक पर्चा जारी गरी एनसेलमाथि गरिएको आक्रमणको जिम्मा लिएको हो । पर्चामा नेकपाले अहिले गरिएको कारवाही चेतावनीस्वरूप सांकेतिक मात्र भएको समेत जनाएको छ । साथै, यसको अवज्ञा गरेर कर नतिरे एनसेलले थप गम्भीर परिणाम भोग्नुपर्ने उसको चेतावनी छ ।

नख्खुस्थित एनसेल टावरमा भएको बम विस्फोटमा ३ जना घाइते भएका थिए । घाइतेमध्ये सिंहप्रसाद गुरुङको उपरचारका क्रममा मृत्यु भइसकेको छ भने बाँकी २ जनाको उपचार भइरहेको छ । नेकपाले ललितपुरमा एक जनाको ज्यान गएको घटनालाई दुःखद् भन्दै व्यक्ति वा सर्वसाधारणप्रति कुनै लक्षित वा मानवीय क्षति गर्ने योजना नरहेको जनाएको छ ।

आज मात्रै गृहमन्त्री रामबहादुर थापाले विस्फोटका घटनामा विप्लव समूहका संलग्नता रहेको आशंका गरेका थिए । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित गृहमन्त्री थापाले विगतमा उन्मुत्ति दिँदा संविधान विरोधी तत्वहरु हौसिएको बताएका थिए ।

नख्खु लगायतका स्थानमा भएको घटनाको विवरण प्रस्तुत गर्दै उनले समानान्तर सरकार चलाउने गरी अगाडि बढेको नेकपा विप्लव समूहले घटना घटाएको सूचनाहरु प्राप्त भएको बताएका थिए । विप्लव समूहले आक्रमणको जिम्मा लिएसँगै यो कुराको थप पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल